आइतबार, १७ नोभेम्बर २०२४

फेरी अर्थमन्त्री बन्दै वर्षमान पुन

प्रचण्ड नेतृत्वको सरकारमा पूर्वअर्थमन्त्री वर्षमान पुन फेरि अर्थमन्त्री बन्ने भएका छन्।  माओवादी उपमहासचिवसमेत रहेका पुन अर्थमन्त्री बन्ने पक्का भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

युवा तथा खेलकुद मन्त्री बन्दै विराजभक्त श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन्। रास्वपाका महामन्त्री मुकुल ढकालका अनुसार युवा तथा खेलकुद श्रेष्ठ बनाउने निर्णय भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपाबाट शिक्षामन्त्री बन्दै सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने भएकी छन्। बालुवाटारमा बसेको नयाँ गठबन्धनद्वारा गठित कार्यदल बैठकमा रास्वपालाई शिक्षासहित ४ मन्त्रालय दिने निर्णय भएको महामन्त्री मुकुल ढकालले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मुख्यमन्त्री चाैधरीले लिए बद्ला, गरे माओवादीका दुई मन्त्री बर्खास्त

लुम्बिनी प्रदेश सरकारमा नेकपा (माओवादी)का दुई मन्त्री बर्खास्तमा परेका छन्। लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

मन्त्रालय भागबण्ड: एमालेलाई ८, रास्वपालाई गृहसहित ४, एसलाई पनि छुट्यायाे

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमतिअनुसार प्रचण्ड सरकारको मन्त्रीमण्डलमा सिट संख्या लगभग टुंगिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माधवकाे घरबाट मुस्कुराउँदै फर्किए देउवा, वैकल्पिक गठबन्धनका लागि सकारात्मक भएकाे दाबी

वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको काँग्रेसले नेकपा एकीकृत समाजवादी (एस) नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पत्नी र लेखक बाेकेर माधवकाे दैलाेमा शेरबहादुर देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालकाे निवास काेटेश्वर पुगेका छन्। देउवा बुधबार बिहान पत्नी आरजु देउवा राणा र रमेश लेखकलाई साथमा लिएर नेपाललाई भेट्न काेटेश्वर पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारमा सहभागिता हुने/नहुने भन्ने विषयमा छलफल गर्न एसकाे केन्द्रीय सचिवालय बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बुधबार बिहान ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विविध विषयमा छलफल हुने पार्टीको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गृहमन्त्री माग्दै बालुवाटार पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रालय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। रास्वपानिकट स्रोतकाअनुसार भर्खंरै नयाँ सत्ता गठबन्धनमा सामेल भएका लामिछाने बुधबार एकाबिहानै महामन्त्री मुकुल ढकाललाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘कुर्सीको लागि तँछाडमछाड गर्ने प्रवृति जनतालाई धोका हो’

मन्त्री बन्ने लोभमा नेतृत्वले हतार गरेको केही सांसद तथा नेताले आरोप लगाएका छन्। सभापति लामिछाने यसअघिको आफ्नै प्रतिबद्धतामा चुकेको सांसद सोविता गौतमले बताइन्। जनताका दैनिकीसँगका प्रत्यक्ष मुद्दाहरुसँग पार्टी भर्खर जोडिरहेको बेला सभापतिले सत्ताको लोेभमा हतार निर्णय गराएको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अध्यक्ष नेपालसँग प्रचण्ड र ओलीको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविलाई नेपाली काँग्रेसको जवाफ– सहकारी मन्त्री पनि दिन सक्दैनौँ, केको प्रधानमन्त्रीको अफर गर्नु!

काँग्रेससभापति सेरबहादुर निकट एक केन्द्रीय सदस्यले रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर सोच्न पनि नसकिने बताए। ‘रवि लामिछानेलाई नेपाली काँग्रेसले पहिले पनि पत्याएको होइन र अहिले पनि पत्याउने कुरै भएन,’ ती केन्द्रीय सदस्यले भने, ‘उहाँलाई खै कुन कँग्रेसले आफर गर्‍यो थाहा छैन। हेर्नुस नेपाली काँग्रेसले सहकारी मन्त्री पनि दिन सक्दैन उहाँलाई केको प्रधानमन्त्रीको अफर गर्नु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

वर्षाैपछि माधव नेपालकाे निवासमा पुगे ओली

नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल प्रचण्डको सरकार पुनर्गठन गरेको केही दिनमा एमाले अध्यक्ष ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमालेको सचेतकमा सुनिता बराल

नेकपा (एमाले) संसदीय दलको सचेतकमा सुनिता बराल चयन भएकी छन्। पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई आज सचेतककाे जिम्मेवारी दिएका हुन्। यसअघि सचेतक रहेका महेश बर्तौलालाई मुख्य सचेतककाे जिम्मेवारी दिएपछि बराल सचेतकमा चयन भएकाे एमाले नेताहरूले जनाएका छन्। अनेरास्ववियुको राजनीतिबाट आएकी उनी समानुपातिक सांसद हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदन किरातीले छाडे सरकारी निवास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सुदन किरातीले सरकारी निवास छाडेका छन्। उनले फेसबुकमा लेख्दै सरकारी निवास छाडेको जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

माओवादी नेताले भने– शंकर पोखरेललाई यसैपालि सांसद बनाउनुपर्छ

नेकपा (माओवादी केन्द्र) रोल्पाका प्रभावशाली नेता दीपेन्द्रकुमार पुन ‘सिजल’ले नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई उपनिर्वाचनबाट संघीय सांसद बनाउनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सत्ता गुमाएर रन्थनिएका देउवाले घरमै बाेलाए कार्यसम्पादन समिति बैठक

पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माधव नेपाललाई ओलीको फोनः अब मिलेर जानुपर्छ

नवगठबन्धनमार्फत् सहकार्यको प्रस्ताव अघि बढाउने क्रममा अध्यक्ष ओलीले पुरानो सत्ता गठबन्धन टुटेपछि एक्लिएका नेता नेपाललाई ‘स्वास्थ्य लाभको कामना’सहित नेकपा एसलाई नयाँ गठबन्धनमा स्थान दिनेबारे आफू सकारात्मक रहेको सन्देश दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रालय बाँड्न बैठक बस्दै नयाँ गठबन्धनका शीर्ष नेताहरू

सोमबार दिउँसो एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याललाई सिंहदरबार भित्र्याएका प्रधानमन्त्री प्रचण्डले अर्को सोमबारअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री प्रचण्डको कुर्सी हल्लिएको थिएन– स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले अहिले नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी नहल्लिएको बताएका छन्। नवगठबन्धनमा सामेल भएपछि उनले जोखिम मोलेर नयाँ गठबन्धन बनाएको समते दाबी गरेका छन्। सरकारले डेलिभेरी दिन नसकेका दिन रास्वपा आफैले सरकार छोड्ने दाबी गरेका छन्। उनले प्रधानमन्त्रीले जनताको अपेक्षाअनुसार आशाको सञ्चार गर्न र डेलिभेरी दिन चाहेको बताएपछि मात्रै रास्वपा सरकारमा सहभागी हुन तयार भएको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ