शनिबार, १६ नोभेम्बर २०२४

एमालेबाट गण्डकीमा चार मन्त्री बन्दै

कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमा अहिलेसम्म भागबण्डा नमिल्दा एमाले सरकारमा गएको थिएन। तर, अब मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ७ बाट ९ बनाएपछि एमाले अब सरकारमा जाने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ

पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ परेका छन्। पक्राउ पर्ने नक्कली सिआइडीहरूमा पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा ७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

कास्कीमा डेंगु सङ्क्रमण बढ्यो, एकै दिन थपिए ४० बिरामी

कास्कीमा एकै दिन ४० जना डेंगु सङ्क्रमित भेटिएका छन्। योसँगै गत एक सातामा जिल्लामा ७५ जना डेंगुका बिरामी थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ। गत पुस यता यहाँका तीन सय ६२ जनामा डेंगुको सङ्क्रमण भएको कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

गण्डकीमा ९६ प्रतिशत रोपाइँ सकियो

गण्डकी प्रदेशको अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्ममा ९६ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ। सबैभन्दा बढी पर्वतमा ९९ प्रतिशत र सबैभन्दा कम गोरखामा ८७ दशमलव २८ प्रतिशत रोपाइँ भएको निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

माछापुच्छ्रेमा चितुवा मृत फेला

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज चितुवा मृत फेला परेको छ। माछापुच्छ्रे–३ घाचोकस्थित ढावा पुल नजिक पोथी प्रजातिको अन्दाजी चारदेखी पाँच वर्षको चितुवा मृत भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ल्वाङका रेञ्जर रवीन्द्र गौतमले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरामा ट्याक्सी व्यवसायीबिच गत साउन २७ मा पोखरामा मिटरमा ट्याक्सी चलाउने सहमति भयो। मन्त्रालयले भदौ १ गतेदेखि अनिवार्य रूपमा मिटर प्रणालीमा ट्याक्सी सेवा सञ्चालन गर्नुपर्ने निर्णय गर्‍यो। तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकार भएका पक्षसँगको छलफलमा व्यवसायीले मिटरमा ट्याक्सी गुडाउने प्रतिबद्धतासमेत जनाए। तर उक्त निर्णय भएको वर्ष दिन नबित्दै पर्यटकीय राजधानीसमेत रहेको पोखरामा मिटरमा ट्याक्सी गुड्न छाडिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

घान्द्रुक र सिक्लेसको पोखरासँग यातायात सम्पर्क विच्छेद

कास्कीको प्रमुख ग्रामीण पर्यटकीय गन्तव्य सिक्लेस र घान्द्रुकको पोखरासँग सिधा यातायात सम्पर्क विच्छेद भएको छ। अन्नपूर्ण गाउँपालिका-११ स्थित घान्द्रुक र मादी गाउँपालिका-१ सिक्लेस जाने सडकमा पहिरो जाँदा सडक सम्पर्क विच्छेद भएको हो। सडक सञ्चालन हुन नसक्दा गाउँमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

कास्कीमा पहिरोमा परेर २ बालबालिकाको मृत्यु, १ जना घाइते

अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टा–छुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

गण्डकी प्रदेशः आगामी आ.व.का लागि रु ३२ अर्ब ९७ करोड बजेट

गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले प्रस्तुत गरेकाे बजेटमा चालुतर्फ रु. १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार र पुँजीगततर्फ रु. १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार विनियोजन गरिएको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन्। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि

स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ। व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताएका हुन्। जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ। विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वालिङ

पोखरालाई हरित सहरमा विकास गरिँदै

पोखरालाई हरित सहरका रूपमा विकास गरिने भएको छ। महानगरपालिकालाई स्वच्छ सहरः हरित सहरको रूपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तयारका लागि गठन गरिएको कार्यदलले अध्ययन प्रतिवेदन महानगरपालिकालाई बुझाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। चौहत्तऔँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिको स्वागतार्थ पोखरामा आइतबार आयोजित रात्रिभोजमा उनले सो कुरा बताएका हुन्। आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको जनाउँदै उनले सरकार नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनमा लागेको बताए। ‘नयाँ गन्तव्यस्थल र पदमार्गको पहिचानसँगै पर्यटकीय सर्किट विकास गर्न सरकारले योजना बनाइरहेको छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘प्रकृति, संस्कृति, परम्परा, भौगोलिक विविधता आदि हाम्रा पर्यटकीय धरोहर हुन्।’

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

ढल्यो गण्डकी सरकार, काँग्रेसका पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश

सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’

दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिका-२५ हेम्जामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ। ‘महानगरको नमूना कार्यक्रमका रूपमा वडा नं. २५ बाट यो कार्यक्रम सुरु गरिएको छ। ज्येष्ठ नागरिकसँगै जुनसुकै उमेरका दीर्घरोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन्छौँ’, हेम्जा स्वास्थ्यचौकीका प्रमुख कुश्मराज सुवेदीले भने।  सरकारले सूचिकृत गरेका औषधि पनि  नि:शुल्क वितरण गरिने उनले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासकाे मत

गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो। भने, विपक्षमा २७ मत परेको थियो। त्यस्तै २ मत तटस्थमा परेको थियो। मतदान प्रक्रियामा ५९ सदस्यले भाग लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन्। वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - स्याङ्जा

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

पोखरा महानगरपालिका–२९ स्थित लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा यही वैशाख १४ र १५ गते चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

गण्डकी सरकारबारे पूर्णसुनुवाइ वैशाख १० गते, दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले गण्डकीमा मुख्यमन्त्री नियुक्तिको विषयमा कारण देखाउ आदेश जारी गर्दै दीर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। साथै इजलासले यस रिटको पूर्णसुनुवाइ वैशाख १० गते गर्ने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदै, फेरी सरकारको दाबी गर्ने

नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेशसभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने समय थियो तर उनले सो समयसम्म प्रदेशसभा सचिवालयलाई सूचना दिएका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा