
डोनाल्ड ट्रम्पः अमेरिकाका राष्ट्रपति वा ‘डब्ल्यूडब्ल्यूई’का जनरल म्यानेजर?
ट्रम्पले राजनीति हैन यहाँ त प्रदर्शन र टिभि शोको जस्तो राजनिति गरिरहेका छन्। WWE मा सबै कुरा स्क्रिप्टअनुसार चल्छ। त्यहाँ पात्रहरू ‘फेस’ (नायक) र ‘हिल’ (खलनायक) मा बाँडिन्छन्। ट्रम्पले पनि यही प्रवृत्ति अपनाएका छन् अहिले फेक न्युज मिडिया, विरोधीलाई तल्लोस्तरका टिप्पणी आदी गरेर। ट्रम्पको यो कार्यशैली सायद अमेरीकाको हित वा हित विपरित के हो त्यो आउने समयले देखाउने नै छ। तर कुनै पनि राष्ट्रको राष्ट्राध्यक्ष यस्तो हुनु भनेको त्यो देश मात्र हैन पुरै विश्व नै खतरामा पर्ने संकेत हो भन्न चाहीं १००% सकिन्छ। डोनाल्ड ट्रम्पको राष्ट्रपति कार्यकाल राजनीति नभएर एक Wrestling Show जस्तै बन्दै छ। जहाँ नायकले खलनायकलाई ‘bodyslam’ गरेर विजयी हुने सपना देखिन्छ। त्यस्तै अहिले डोनाल्ड ट्रम्प नायक र बाँकी देशका सबै खलनायक भएका छन्।

बिएल संवाददाता - काठमाडौं