आइतबार, २९ जुन २०२५

केन्द्रीय समितिका लागि काँग्रेस पदाधिकारीले टुङ्ग्याए छलफलका यी विषयहरू

प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सोमबारदेखि सुरु हुँदैछ। बैठकअघि पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीहरूको बैठक बोलाएका थिए। देउवा निवासमा बसेको पदाधिकारीहरूको बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकका लागि विभिन्न अजेन्डाहरू तय गरेको छ।  पार्टी कार्यालय सानेपामा बैठक दिउँसो एक बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निजामति सेवा विधेयक पारित, शिक्षा ऐन संसदमै पुगेन

आइतबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा सभामुख देवराज घिमिरेर उक्त विधेयक बहुमतले पारित भएकाे घाेषणा गरेका हुन्।  आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले  भने उक्त विधेयक च्यातेका थिए। संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै उनले विधेयकको प्रति नै च्यातेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले संसद्को आकस्मिक समयको दुरुपयोग गर्‍याे– श्याम घिमिरे

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदहरूले संसद्को आकस्मिक समयको दुरुपयोग गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले संसद् बैठकको आकस्मिक समयमा चोर, मानव तस्कर र बेचुवाजस्ता शब्द प्रयोग गरेको र समयको दुरुपयोग गरेको भन्दै अब यसरी बोल्ने सांसदहरुलाई बोल्नबाट पनि बञ्चित गरिनुपर्ने माग गरेका हुन्। उनले भने, ‘सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने छौं। संसद्को आकस्मिक समयको दुरुपयोग गरेर गालीगलौज गर्ने भएको भन्दै यस्ता कार्य बन्द नभए प्रतिवादमा उत्रने छौं। सदनमा तल्लोस्तरको गालीलगौज गर्ने कामले संसद्को मर्यादा कायम हुनसकेको छैन।’ घिमिरेले संसद्को मर्यादाविपरित अभिव्यक्ति दिने संसदहरुलाई बोल्नबाट वञ्चित गर्नुपर्ने उल्लेख गरे। त्यस्तै माओवादी सांसद अमनलाल मोदीले सदनमा अमर्यादित शब्द व्यक्त भएको भन्दै आपत्ति जनाए। उनले रास्वपा सांसद डिपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाको अभिव्यक्ति गैरसंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

न्यूयोर्कमा आदिवासी जनजातिले देखाए नेपाली संस्कृति

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको बृहत् आदिवासी  जनजातिले सांस्कृतिक साँझ भव्य रूपमा सम्पन्न गरेकाे छ। शुक्रबार न्युयोर्कको वुडसाईडस्थित गुलशन टेरेश हलमा १८ वटा फिप्नाका सदस्य संस्थाहरू र विभिन्न नेपाली संघ तथा संस्थाहरूको उपस्थितिमा उक्त सांस्कृतिक साँझ सम्पन्न भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भिजिट भिसाको नाममा नेपाली बेचिएको ज्ञानेन्द्र शाहीको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भिजिट भिसाका नाममा नेपाली नागरिकको बिक्री भइरहेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बाेल्दै उनले उक्त विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका हुन्। शाहीले भिजिट भिसा प्रकरण कुनै राजनीतिक दाउपेचको विषय नभएको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

म चोरेर होइन काम गरेर खान्छु– डोलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलन जारी रहेको बताएका छन्।  आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले काम गरेर खानेलाई चोरेर खानेहरूले जबाफ दिनुपर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामहरि खतिवडालाई डिपीको जवाफ : सुमिरे मेरो कम्पनी हो, भिजिट भिसामा गएका सबै फर्किएका छन्

शनिबारको बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सले भिजिट भिसामा नेपालीलाई जापान पठाएर अर्बौं कमाएको बताएका थिए। तर उनले त्यो कम्पनी कस्को हो भनेर भनेका थिएनन्।   सांसद अर्यालले गत ३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए। उनले भने, ‘हामीले हाम्रो आन्दोलन आजपनि जारी नै राखेका छौं। यहाँ काम गरेर खानेहरुले चोरेर खानेहरुलाई जवाफ दिएर हिँड्नुपर्ने अवस्था आयो।’ उनले मानव तस्करी प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग गठन गर्न माग गर्दै आएका छन् तर, उनले सदनमा उनीहरूमाथि निराधार आरोप लगाइएको भन्दै आपत्ति जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभामा आज पनि रास्वपा र राप्रपाको अवरोध

रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले  संसद् अवरोध गर्दै आइरहेको हाे।  राप्रपाका सांसदहरूले बैठक छाडेर निस्किएका छन् भने रास्वपा सांसदहरू वेल अगाडि पुगेर अवरोध गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भक्तपुरकाे मिठाे ‘जुजु धौ’

असार १५, धान दिवस रोपाईंको उत्सव मात्रै होइन, दही–चिउरा खाएर सांस्कृतिक परम्परा जोगाउने यस दिनको विशेष आकर्षण भने भक्तपुरको प्रसिद्ध ‘जुजु धौ’ – विशेष स्वाद र परम्पराले भरिएको राजसी दही हो, जसको व्यापार यतिबेला उकालो लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोहन बस्नेत हाजिर भए विशेष अदालतमा, आजै थुनछेक बहस हुने

एक महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।  यो मुद्दा तामेलीमा छैन। तर बस्नेतले अदालतमा उपस्थित हुन पाउँ भन्दै निवेदन दिएका थिए। उनको बयान सकिएपछि आजै थुनछेक बहस हुनेछ।  यसअघि पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि यही प्रक्रियाबाट विशेष अदालतमा उपुस्थित भएका थिए। र सोही दिन उनलाई ३५ लाख धरौटी लिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली मेड्रिट पुगे

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिटमा आइपुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मेड्रिट (स्पेन)

नेपाललाई झाँक्रीको कटाक्ष– मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी पुनगर्ठन गर्न माग गरेकी छिन्। एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश तथा जिल्ला भेलालाई सम्बोधन गर्दै शनिबार तिलोत्तमामा सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष माधव नेपाल संकटमा परेकाले पार्टी पुनगर्ठन गर्न माग गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज पारित होला शिक्षा ऐन?

महासंघको आह्वानमा देशभरिका शिक्षकहरूले काठमाडौंमा एक महिनाभन्दा लामो आन्दोलन गरेका थिए। आन्दोलनकै कारण तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएका थिए। त्यसपछि शिक्षामन्त्री भएका रघुजी पन्तले महासंघसँग सहमति गरेका थिए। उक्त सहमतिअनुसार आजसम्ममा त्यो ऐन प्रतिनिधिसभाले पारित गर्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम पाङ्गोबीच  भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा आइतबार उनीहरूबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शीतलनिवासमा धान रोपे राष्ट्रपतिले (तस्वीरहरू)

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी भएका थिए।  रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यवसायिक बनाउनुपर्ने बताए। कृषिलगायत सबैखाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको उनकाे भनाइ थियाे।  उनले कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रुपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दही-चिउरा खाने दिन : बजारमा १ अर्ब ४० करोड बढीको दही

असार १५ मा देशभर करीब ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ। दही चिउरा खानु हाम्रो संस्कृति हो र यस्ता कार्यक्रमलाई सबैले प्राथमितामा राख्नुपर्छ। किसानले उत्पादन गरेको दूध तथा दुग्ध पदार्थ खपतमा वृद्धि ल्याउन पनि यस्ता खालका कार्यक्रमले सकारात्मक योगदान गर्ने हामीले विश्वास लिएका छौं। ’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धान-चामलको आयात बढ्नु चिन्ताको विषय हो : राष्ट्रपति

नेपालमा कृषिको महत्त्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई महत्त्व दिनेगरी धानको उत्पादन वृद्धि गर्न तथा यसलाई आधुनिकीकरण र व्यवसायीकरण गरी किसानको मनोबल वृद्धि गर्ने उद्देश्यले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरू गरिएको हो। यस वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय धान दिवस मनाइँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाखाबारीमा लोभलाग्दो केराखेती : १५ लाखसम्म आम्दानी

बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री केराखेतीबाट स्वरोजगार र आत्मनिर्भर बनेका छन्। वैदेशिक रोजागरका सिलसिलामा दुबईमा तीन वर्ष काम गरेर फर्किएका खत्री गाउँमै रहेको खेतबारी र पाखापखेरामा केराखेती गरेर आकर्षक आम्दानी गर्न सफल भएका हुन्। सुरुमा तीन रोपनीमा केराखेती गरेका खत्रीले लगाएका बोटले आम्दानी दिन थालेपछि केराको व्यावसायिक खेतीमा लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज राष्ट्रिय धान दिवस मनाइँदै

आज राष्ट्रिय धान दिवस मनाइँदैछ। विस २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ देखि १५ असारलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली, बाग्मती प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भई रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ