आइतबार, १९ अप्रिल २०२६

धितोपत्र कारोबारका लागि नयाँ मूल्य सीमा र सर्किट ब्रेकर सम्बन्धी व्यवस्था लागु हुँदै

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेप्सेले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो।

बिएल संवाददाता

- काठमाडाैं

३ लाख नाघ्यो सुनको मूल्य

नयाँ वर्ष २०८३ को दोस्रो कारोवार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ हजार ९०० रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ७०० रुपैयाँ पुगेको छ।

बिएल संवाददाता

- काठमाडाैँ

चीनमा ह्युमनोइड रोबोटको हाफ म्याराथनः सबैभन्दा छिटो दौडियो अनर कम्पनीको रोबोट

आइतबार सम्पन्न उक्त प्रतिस्पर्धामा लाइटनिङले ५० मिनेट २६ सेकेन्डको उत्कृष्ट समय निकाल्दै स्वर्ण पदक जितेको हो। बेइजिङको यिझुआङ जिल्ला (ई–टाउन) मा आइतबार बिहान ७ः३० बजे सुरु भएको यो म्याराथन २१.०९७५ किलोमिटर लामो थियो।

बिएल संवाददाता - बेइजिङ, चीन
क्रिकेटर करणलाई मजाकमा गरेको कमेन्ट नै भारी, क्यानले गर्‍यो कारबाही

क्यानले करणलाई पीएम कप पीएम कप क्रिकेट प्रतियोगिताको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको प्रवक्ता छुम्बी लामाले बताए।

बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीको ‘प्रेस तथा अनुसन्धान विज्ञ’मा दिपा दाहाल नियुक्त

प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त भएकी हुन्। दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि आफनो कार्यभार सम्हालेकी छन्। दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्नेछिन्।

बिएल संवाददाता - काठमाडाैँ
एमाले सांसद रेखा शर्मा पक्राउ

लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा पक्राउ परेकी छिन्।  काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि काठमाडौँको धुम्बराहीबाट पक्राउ गरेको हो।

बिएल संवाददाता - काठमाडौं
साम्बाको घुँडाको सफल शल्यक्रिया

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ।

बिएल संवाददाता - काठमाडाैं