 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                जाडो मौसममा शरीरका नशाहरू र रगतका नलीहरू खुम्चिने गर्छन्। जसका कारण उच्च रक्तचाप वा ब्लडप्रेसर बढ्ने गर्दछ। ब्लडप्रेसर बढेपछि मुटुलाई भार पर्छ। रगतहरूको नशाहरू बढ्ने र नशाहरू ब्लक हुने संभावना हुन्छ।
उच्च रक्तचाप बढेका कारण, मुटुलाई भार परेका कारण ब्लडको नशाहरू स्टिक भएर ब्लक हुने सम्भावना हुन्छ। जसका कारण जाडो मौसममा हृदयघात हुने गर्दछ।
मुटुको समस्या जोकोहीलाई हुनेगर्छ। उमेर पुगेका व्यक्तिहरूलाई बढी समस्या देखिन्छ। मुटुमा समस्या देखिनुको पनि विभिन्न रिक्स फ्याक्टरहरू हुन्छन्।
जस्तै मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोलको लेबल हुनु रिक्स फ्याक्टरका हुन्। यसो हुँदा रगतका नशाहरूमा कोलेस्ट्रोलको लेदोहरू जम्ने खतरा रहन्छ। यस्तो समस्या आउँदा प्यारालाइसिस हुने र मुटुको रगतहरू बन्द भएर ह्दयघात हुने गर्दछ।
अहिले नेपालमा योङ्गर (युवा) मान्छेहरूमा पनि यस्ता समस्याहरू देखिन थालेका छन्। अधिक धुम्रपान वा मध्यपान गर्ने युवाहरू यसको शिकार भइरहेका छन्।
अस्वस्थ खानपान, अस्तव्यस्त जीवनशैलीका कारणले गर्दा मुटुमा समस्या बढ्दो छ। नियमित व्यायम नगर्ने, जंगफूड बढी खाने बानीले युवा अवस्थामा पनि ह्दयघात हुनसक्छ। तर कुनै कुनै बच्चामा जन्मजातै मुटुमा समस्या देखिने गरेको पाइन्छ।
साथसाथै बाथका कारण मुटुरोग बच्चादेखि १५ वर्ष उमेर समूह र पछिसम्मै देखापर्ने गर्छ। संसारभरीको सबैभन्दा बढी हुने रोग भनेको मुटुको धमनीसँग सम्बन्धित रोग हो। यो युवा अवस्थामा बढी देखा परिरहेको छ।
ह्दयघातको कुरा गर्दा महिला भन्दा पुरुषलाई बढी हुने गरेको तथ्यांक नै छ। महिला भन्दा पुरुषमा रिक्स बढी हुन्छ। परिवारमा कसैलाई ह्दयघात भएको छ भने त्यो वंशाणुगत गुणसमेत हुने गर्दछ।
साथसाथै महिलाहरूमा हेर्दाखेरी जुन पोष्ट मिन्सुरेसन हुन्छ त्यो उमेर पुगेसँगै उत्तिकै रिक्स ल्याउँछ। उमेरको समय हेर्दाखेरी चाँही जुन ह्दयघातहरू महिला भन्दा पुरुषमा बढी हुने गरेको तथ्यांकहरूले देखाउँछ।
जाडो महिनामा कसैको मुटुको नशाहरू ब्लक छ र कसैलाई ब्लडप्रेसर छ भने चाँही समस्या आउँछ। ह्दयघात बढाउने गर्छ। चिसोले ब्लड प्रेसर बढाउने, नशाहरू ब्लक गर्ने र बढाउने कारणले जोखिम बढी हुन्छ। जाडो महिनामा कोल्डटेम्प्रेचरले शरीरमा जुन प्रवाहहरू गर्छ त्यो कम गर्नुपर्दछ।
मर्निङवाकमा सचेत
मर्निङवाक गर्दा बाहिर आउटअफ गर्दाखेरी चिसोले धेरै समाउँछ। चिसोले समातेको खण्डमा दुई तीनवटा कुराहरू हुन्छन्। चिसो हावा सिंधै प्रवेश गर्दा फोक्सोको हावाको नलीहरू बन्द भएर घाँटी दुखाइ बढ्न सक्छ। साथसाथै चिसोले गर्दा मुटुको धमनीहरू र रगतका नशाहरू खुम्चिने गर्छन्।
नशाहरू खुम्चिएकै कारणले ब्लडप्रेसर बढ्छ। ब्लडप्रेसर बढ्दा अगाडिबाटै मुटुका रोगीहरू छन् भने उनीहरूलाई अझै धेरै समस्या बनाउँछ।
जाडोका कारण विभिन्न हर्मनहरू निस्किएर मुटुलाई भारपर्ने हुन्छ। बाहिर जाँदा सकेसम्म मुटुरोगीका बिरामीहरूले जाडो मौसममा मर्निङवाकहरू कम गर्नुपर्छ।
जोगिने उपाय
मुटुरोगबाट बच्नको लागि परिवर्तन गर्न सकिने र परिवर्तन गर्न नसकिने दुईवटा कारणहरू छन्। परिवर्तन गर्न सकिने कुराहरू धेरै छन्। परिवर्तन गर्न नसकिने वंशाणुगत गुण हो। त्यसलाई परिवर्तन गर्न सक्दैनौं।
तर मुटुरोगबाट बच्नको लागि परिवर्तन तत्वहरू उच्च रक्तचाप, मधुमेह, डाइबिटिज, उच्च कोलेस्ट्रोलको लेबल ,स्वस्थ जीवन, अस्वस्थ्य खानपान, मेन्टल स्ट्रेस वा तनावहरू जस्ता समस्याहरूलाई कन्ट्रोल गर्नुपर्छ।
युवा अवस्थामा मुटु सम्बन्धि समस्या देखिनुको कारण भनेको धुम्रपान र मध्यपानले गर्दा हो। धुम्रपान र मध्यपाका कारण युवा अवस्थामा ह्दयघात भइरहेको हुन्छ। त्यसकारण जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ। दैनिक व्यायम गर्नुपर्छ।
खानपानमा चिल्लो पदार्थ कम गर्नुपर्छ। ठिक्क मात्रामा नुनको प्रयोग गर्नुपर्छ। सकेसम्म हरियो सागपातलाई बढाउन सकेमात्र मुटुरोगलाई रोक्न सकिन्छ।
हृदयघातको संकेत
हृदयघातको संकेत विभिन्न हुनसक्छन्। स्वाँ स्वाँ बढी हुनु, खुट्टाहरू सुनिनु, अग्लो सिरानी राखेर सुत्नुपर्ने वाध्यता, उकालो हिड्दा श्वास बढ्नु, तत्कालै बेहोस हुने समस्या देखिनु, छातीमा दुखाई बढी हुनु हृदयघातका प्रारम्भिक संकेतहरू हुन्।
यस्तो खालको समस्या छ भने तत्कालै समाधान खोज्नुपर्छ। सकेसम्म डाक्टरको परामर्श लिनुपर्छ। जुन व्यक्तिमा बढी खतरा वा यस्ता संकेतहरू देखिन्छन। जाँच गरिहाल्नुपर्छ।
उमेर पुगेका, सुगर, प्रेसर, कोलेस्ट्रोल भएका बिरामीहरूले तत्कालै डाक्टरको परामर्श लिएको राम्रो हुन्छ। सुगर, प्रेसर, कोलेस्ट्रोललाई नियन्त्रण गर्नेतर्फ र धुम्रपान छाड्न सक्नुपर्छ। खानपानमा ध्यान दिनुपर्छ।
खानपानमा ध्यान
मुटुको समस्याबाट बच्नका लागि खानपान नै मुख्य कुरा हो। स्वस्थ्यकर खानेकुरा बढी मात्रामा सेवन गर्नुपर्छ। बदाम, एभोकाडो जस्ता खानेकुरामा धेरै किसिमका तत्वहरू हुने भएकाले प्रेसर कम गर्न सहयोग पुर्याउँछ।
स्वस्थ खानेकुरा भनेको हामीलाई चाहिने जति खाने हो, किनभने हामीले धेरै क्यालोरी खाने भन्छौ। तर त्यसोमात्र होइन। धेरै चिनी र नुन भएको खानेकुरा सेवनमा कम गर्नुपर्छ। हाम्रो शरीरमा भात धेरै हुन्छ तर सागसब्जी कम हुन्छ।
त्यसकारण धेरै सागहरू खाने र कम भात खाने गर्नुपर्छ। यसका साथै धेरै चिल्लो कुरा नखाने, धेरै बोसो भएको खाने कुरा नखाने गर्दा राम्रो हुन्छ। सबैभन्दा महत्वपूर्ण कुरा भनेको ट्रान्सफ्याट जिरो हुनुपर्छ। चामल कम गर्ने, सागसब्जीको मात्रा बढाउने गर्दा राम्रो हुन्छ।
चिसो मौसममा निमोनिया हुने कुरा भन्दा पनि मौसम परिवर्तन हुनेबेला धेरै भाइरसहरू आउने गर्छ। त्यस्तोबेला भाइरल निमोनिया बढ्ने गर्छ। चिसो मौसममा बढी गरेर दिर्घकालिन रोग भएका बिरामीहरूलाई इन्फेक्सनको मात्रा बढ्छ।
यस्तोबेला बिरामीहरूले न्यानो भएर बस्नुपर्छ। बाहिरको काम कम गर्ने यसको साथै भाइरसहरूबाट बच्न भ्याक्सिनेशन गर्नुपर्छ। यसले गर्दा जाडोमा निमोनियाबाट बच्न सजिलो हुन्छ।
नेपालमै उपचार संभव छ
नेपालमा धेरैजसो मुटु रोगको उपचार हुन्छ। जस्तै मुटुको इसीजी, इको, विभिन्न खालको टेस्टहरू सबै कुरा हुन्छन्। साथै मुटुको नसा ब्लक भएको छ कि हेर्ने, मुटुको नसा खोल्ने प्रविधि पनि छ।
ओपन हार्टसर्जरी पनि हुन्छ र जन्मजात मुटुको प्वाँलहरू टाल्नको लागि आवश्यक डिभाइसहरू पनि उपलब्ध छन्। मुटुको भल्भहरू बिग्रियो फेर्नुपर्यो, जन्मजात नै मुटुको अपरेशन गर्नुपर्यो भने यो सबै काम नेपालमा संभव छ।
नेपालमा अहिलेसम्म नभएको भनेको हार्ट ट्रान्सप्लान्टेशन हो। यो नेपालमा भएको छैन्। लगभग नेपालमा अरु कुरा र नयाँ आएको प्रवृत्तिको एक दुईवटा मात्र नेपालमा आएको छैन्। त्यो बाहेक अरु सबै उपचार नेपालमा सम्भव छ।
मुटुको क्षेत्रमा सरकारले गरेको भनेको विपन्नका लागि एक लाख रुपैयाँ हो। मुटुको भल्भ फेर्ने, एन्जियोप्लास्टी गर्ने, मुटुमा ब्याट्री हाल्ने, सबै समस्याहरूका लागि सरकारले एक लाख रुपैयाँको सुविधा दिएको छ।
आफ्नो सिफारिस दिएमा एक लाखको सुविधा आउँछ जुन राम्रो काम हो। १५ वर्ष मुनिका बच्चाहरूको उपचारका लागि जुन स्किमहरू छन् त्यसबाट बच्चाहरूको सम्पूर्ण उपचार नेपालका अस्पतालमा हुनेगर्छ।
जस्तै गंगालाल, मनमोहन जस्ता अस्पतालमा निशुल्क उपचार हुन्छ। भल्भ प्रोग्रामहरूबाट भल्भ बिग्रिएको उपचार पनि निशुल्क रुपमा भइरहेको छ।
यसको लागि विपन्नबाट एक लाख, बिमाबाट एक लाख सहुलियतमा उपचार भइरहेको छ। तर सबै ठाँउमा लागू भएको छैन्। केन्द्रमा भन्दा पनि दुरदराजमा यसको पहुँच हुने हो भने राम्रो हुन्छ।
सरकारले अहिले क्याथल्याबको व्यवस्थाहरू विभिन्न सेन्टरमा गरिरहेको छ। क्याथल्याबको व्यवस्था सम्पूर्ण ठाँउमा पु¥याउनुपर्छ। यस्तै जिल्ला अस्पतालमा पनि मुटु रोगको उपचार कसरी दिने भनेर तालिमहरू भइरहेका छन्। हृदयघात हुने वित्तिकै बिरामी क्याथल्याबमा पुग्दैनन्।
कतिपय ठाँउमा आउँदा आउँदै समय लाग्छ। हृद्यघात भयो भने मुटु बचाउनका लागि तत्काल नै नसाहरूलाई खोल्ने औषधिहरू बजारमा पाइन्छ। जसलाई हामी थ्रोम्बोलाइटिक थेरापी पनि भन्छौ।
हृदयाघात रोगको उपचारमा थ्रोम्बोलाइटिक (टिएनके) थेरापी चाँही जिल्लाहरूतिर पनि उपलब्ध गराउनसक्नुपर्छ। मुटुको समस्याहरूबारे जनचेतना फैलाउन सरकारले सकेको छैन्।
विद्यालय र समूदायस्तरमा चेतनामुलक कार्यक्रमहरू लैजानुपर्छ। मुटु रोग अझै खर्चिलो भएको कारणले यस्तो हृद्यघातको उपचारको कुरामा खर्चचाँही सरकारबाट सहायता भए कसैले उपचारबाट बन्चित हुनु पर्ने थिएन्।
विशेषगरी धुम्रपान मध्यपानको सेवनले मुटु सम्बन्धि रोग लाग्छ। त्यसैले यसको ट्याक्समा लाग्ने पैसा मुटु रोगको उपचार खर्चमा लगाइदिँदा राम्रो हुन्छ।
(वीर अस्पतालका मुटुरोग विशेषज्ञ तथा डिएम कार्डिलोजिष्ट डा. कुञ्जन शेर्पासँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया