
मौसम खुलेपछि देखिएको मनास्लु हिमाल (तस्विरहरू)
लगातारको वर्षा रोकिएपछि गोरखाबाट मनास्लु हिमालको मनमोहक दृश्य देखिएको छ। मनास्लु विश्वको आठौं अग्लो हिमाल हो। जसलाई किलर माउन्टेनको नामले पनि चिनिन्छ, यो गोरखा जिल्लामा पर्छ।

बिएल संवाददाता - गोरखा
लगातारको वर्षा रोकिएपछि गोरखाबाट मनास्लु हिमालको मनमोहक दृश्य देखिएको छ। मनास्लु विश्वको आठौं अग्लो हिमाल हो। जसलाई किलर माउन्टेनको नामले पनि चिनिन्छ, यो गोरखा जिल्लामा पर्छ।
बिएल संवाददाता - गोरखा
गोरखा दरबार नेपालको ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो। यो दरबार गोरखा जिल्लाको गोरखा नगरपालिका–१ मा, समुद्र सतहदेखि करिब १,४५० मिटरको उचाइमा अवस्थित छ।
बिएल संवाददाता - काठमाडाैँ
पिम्बहाल पोखरीलाई पिम्बाहा पुखु र पिम बहल पोखरी पनि भनिन्छ।
बिएल संवाददाता - काठमाडाैं
समुद्री सतहबाट करिब ७४२ मिटरमा रहेको यो तालको लम्बाइः करिब ४.४ कि.मी. क्षेत्रफलः करिब ६.३४३ वर्ग किलोमिटर रहेको छ। फेवातालको उत्पत्ति प्राकृतिक भूगर्भीय प्रक्रियाबाट र ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको मान्यता छ।
बिएल संवाददाता - काठमाडाैं
आज भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ।
बिएल संवाददाता - काठमाडाैं
सराङकोट पर्यटकीय राजधानी पोखराबाट उचाईमा रहेको पर्यटकीय क्षेत्र हो।
बिएल संवाददाता - काठमाडाैं
रामेछापका प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेका यी पोखरीमा साउन लागेदेखि नै यात्रुहरूको आगमन सुरु भएको हो, जुन क्रम भदौ महिनासम्म चल्ने गर्छ।
बिएल संवाददाता - रामेछाप
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन भ्रमण गर्ने पर्यटकको संख्या प्रत्येक वर्ष निरन्तर बढिरहेको छ।
बिएल संवाददाता - ढोरपाटन
इलामको सूर्यदय नगरपालिका स्थित कन्याम देशकै प्रमुख पर्यटकीय स्थलहरु मध्ये एक हो।
बिएल संवाददाता - काठमाडाैं
आज नागपञ्चमीको दिन काठमाडौंस्थित नागपोखरीमा भक्तजनहरुको भिड लागेको छ।
बिएल संवाददाता - काठमाडाैं
बागलुङको ढोरपाटन नगरपालिकास्थित व्यापारिक तथा प्रशासनिक केन्द्र बुर्तिबाङ बजार सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ।
बिएल संवाददाता - काठमाडाैं
हेभन डाँडा सुन्दर सूर्यास्त र काठमाडौं उपत्यका अवलोकन गर्न सकिने उत्कृष्ट स्थानहरूमध्ये एक हो।
बिएल संवाददाता - काठमाडाैं
भक्तपुरको दरबार स्क्वायरसँगै रहेको ‘पोटरी स्क्वायर’मा स्थानीयहरू माटोको विभिन्न भाँडाकुँडा बनाउन व्यस्त छन्। पर्यटकीय रुपमा परिचित यस क्षेत्रका नेवार समुदायका प्रजापतिहरू यो पेशामा संलग्न छन्।
बिएल संवाददाता - काठमाडाैं
आज साउन महिनाको पहिलो सोमबार अर्थात् भगवान शिवको विशेष दिन। साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा श्रद्धालु भक्तजनको भीड लागेको छ।
बिएल संवाददाता - काठमाडाैं
सुनकोशी-मरिन डाइभर्सन बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना हो। जुन जलस्रोतको उपयोगमार्फत सिन्धुली, धनुषा, महोत्तरी लगायत मधेसका कृषियोग्य जमिनहरूमा सिंचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण हुँदैछ।
बिएल संवाददाता - सिन्धुली
दक्षिणकाली नगरपालिका वडा नं ४ फर्पिङ बासबारीमा नेपालको झन्डा र त्रिशूलको प्रतिमा निर्माण भएपछी आन्तरिक पर्यटकको रोजाइमा यो स्थान पर्दै गएको छ।
बिएल संवाददाता -
दक्षिणकाली नगरपालिका-४ फर्पिङ बाँसबारीमा नेपालको झण्डा र त्रिशूलको प्रतिमा निर्माण भएपछि आन्तरिक पर्यटकको रोजाइमा यो स्थान पर्दै गएको छ। बाँसबारीको डाडाँबाट काठमाडौं उपत्यका पनि देखिने भएकाले पर्यटकको चहल पहल बढ्दै गएको हो। पछिल्लो समय यहाँ घुम्न र फोटो खिच्न जाने आन्तरिक र बाह्य दुबै पर्यटकहरूको आकर्षण बढ्दो छ। झण्डासम्म पुग्न छोटो र रमणीय पदयात्राको आनन्द लिन सकिन्छ। जसले गर्दा यो स्थलले प्रकृति प्रेमीहरूलाई थप आकर्षित गरेको छ।
बिएल संवाददाता - काठमाडौं
ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिरको आफ्नै धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व छ। प्यागोडा शैलीमा निर्माण भएको यस मन्दिर नेपाल संवत् ७४२ मा सिद्धि नरसिंह मल्लको पालामा एक तले थियो।
बिएल संवाददाता - काठमाडाैं
भक्तपुरको साँगामा रहेको कैलाशनाथ महादेव मूर्तिलाई विश्वकै अग्लो शिव मूर्ति मानिन्छ। यो मन्दिर भक्तपुर र काभ्रेपलाञ्चोकको दोसाधमा अवस्थित छ। यो मन्दिर तामा, स्टिल, जिन्क र सिमेन्टले बनाइएको छ। यो मन्दिरदेखि काठमाडौं उपत्यका र अग्ला हिमश्रृखलाहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
बिएल संवाददाता - भक्तपुर
ललितपुरको गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यान प्राय: बाह्रै महिना हरियो हुन्छ। दुर्लभ, लोपोन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा संवर्द्धनको लागि विक्रम सम्वत् २०१९ सालमा स्थापना गरिएको यो उद्यान नेपालमा भएका १२ वटा वनस्पति उद्यानमध्येको सबैभन्दा पुरानो हो। ८२ हेक्टरमा फैलिएको उद्यानमा लाखौँ पर्यटकहरू आउँछन्। पानीको अभाव नभएकाले ओसिलो ठाउँमा उत्तिसका वृक्ष र पारिलो घाम लाग्ने पाखामा सल्लाका वन र मझौला ठाउँमा कटुस र चिलाउनेका बोटहरू फस्टाएका छन्। ऐंसेलु, चुत्रो र काफल गोदावरीमा निकै लोकप्रिय छन्। प्रकृतिका तीन प्रमुख आकर्षणहरू पुष्प, पुतली र पंक्षीको अनुपम भण्डार हो गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान।
बिएल संवाददाता - ललितपुर
१ .
२ .
३ .
४ .
५ .