आहा! फूल (तस्बिरहरु)
वसन्त ऋतुकाे आगमनसँगै काठमाडाैँका पार्क तथा सडक छेउछाउमामा फूलहरु फुल्न सुरु गरेका छन्। जसले सहरलाई राेमाञ्चित बनाइरहेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
वसन्त ऋतुकाे आगमनसँगै काठमाडाैँका पार्क तथा सडक छेउछाउमामा फूलहरु फुल्न सुरु गरेका छन्। जसले सहरलाई राेमाञ्चित बनाइरहेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
भगवन शिवको उत्पत्ति भएको रातका रुपमा नामाकरण गरिएको महाशिवरात्रि मनाउन गौशालास्थित पशुपतिनाथ मन्दिरमा व्यापक तयारी भइरहेको छ। र, त्यही तयारीमा सामेल छन्, नेपाल तथा भारतबाट आएका ‘बाबाजी’(साधुसन्त)हरु।
बिएल संवाददाता - काठमाडाैं
फागुन महिनामा चौथोपटक परेको हिउँले कृषि क्षेत्रमा फाइदा हुने भएकाले जिल्लाका किसान खुसी भएका छन्। हिउँदयाम समाप्त हुँदासम्म पनि हिउँ नपरेपछि चिन्तित भएका जिल्लाका किसानलाई फागुनमा चौथो पटक परेको हिउँले निकै राहत पुग्ने सम्भावना छ।
बिएल संवाददाता - डाेल्पा
'घरबास सञ्चालनमा नआउँदा धेरै पर्यटकलाई समस्या थियो, घुम्दाघुम्दै रात प¥यो भने बजार फर्किन समस्या हुन्थ्यो, गाउँका गोठमा बास बस्नुपर्ने स्थिति थियो, तर अहिले पर्यटकको त्यो समस्यालाई हामीहरुले समाधान गरेका छौँ', अध्यक्ष श्रीसले भने, 'बेला–बेला बाहिरबाट पनि पर्यटकहरु आउँछन्, अपेक्षा अनुसार पाहुना आउन सकेका छैनन् तर समग्रमा अहिले आइराखेको सङ्ख्या राम्रो हो, पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्न पनि लागिपरेका छौँ, पछिपछि धेरै आउने अपेक्षा राखेका छौँ।'
बिएल संवाददाता - ढोरपाटन (बागलुङ)
धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनामा आउन नसक्दा यसको प्रवर्द्धन हुनसकेको छैन।
बिएल संवाददाता - धनकुटा
स्थानीय खानाका परिकारसँगै प्रकृतिसँग रमाउँदै साहसिक पर्यटक बटुल्ने लक्ष्यसहित खोलिएको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’ ले पूर्णता नपाउँदै धेरैको रोजाइमा पर्न थालेको छ।
बिएल संवाददाता - गलकोट (बागलुङ)
क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एशियाकै नमूना मानिएको घलेगाउँदेखि भुजुङ गाउँ लमजुङमै पर्छन्। यति मात्र नभई गुरुङ जातिको उद्गमस्थल क्व्होलासोथरमै पर्छ। ती गाउँबाट सुरु भएको सामूहिक एकता यतिबेला अन्य गाउँगाउँमा फैलिएको छ।
बिएल संवाददाता - लमजुङ
मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको तालमा पर्यटकीय आकर्षण बढेको छ।
बिएल संवाददाता - झापा
यहाँको प्रसिद्ध स्थानका रुपमा रहेको तिलिचो ताल, थोरङ्ला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्। चामेको तातोपानी, ताचैको घरबास (होमस्टे), कजिनसारा लेक (सिङ्गर ताल) लगायतका स्थान मनाङ आउने पर्यटकले छुटाउन नहुने स्थान हुन्।
बिएल संवाददाता - मनाङ
आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन्। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
हिउँ परेसँगै हिमाली जिल्लाका पहाडहरु सेताम्मै अनि सुन्दर देखिएका छन्। बस्तीहरु खुलेका छन्। त्यस्तै खुलेकाे अनि सुन्दर देखिएकाे छन्, कालीकाेटकाे तिलागुफा- १० स्थित रुडुका पाटनहरु।
बिएल संवाददाता - कालिकाेट
बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ। बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो।
बिएल संवाददाता - ढोरपाटन
यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, चेपे र मस्र्याङ्दी नदी किनाराका फाँटका साथै नेपालका बाइसे–चौबिसे राजाको पालामा निर्मित ऐतिहासिक राइनासकोट किल्ला, त्यहाँस्थित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै ऐतिहासिक एवम् सांस्कृतिक महत्वका स्थलले यहाँको गरिमा र महत्व चुलिएको छ।
बिएल संवाददाता - गण्डकी
गुराँसेमा रहेको दृश्यावलोकन स्तम्भ (भ्यु टावर) बाट चारैतिरका रमणीय दृश्यसँगै भारतको लखनउ र तिब्बतका केही भागहरुको समेत अवलोकन गर्न सकिन्छ। बाह्रै महिना सिरोटो हावा चलिरहने यस ठाउँमा प्राकृतिक सौन्दर्यतासँगै विभिन्न हिमालहरुको अवलोकन गर्न सकिन्छ।
बिएल संवाददाता - सुर्खेत
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, थासाङ गाउँपालिका र पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालयको रु. तीन करोड बढी लागतमा थासाङको तीन वटा तालको संरक्षणका साथै ऐतिहासिक र धार्मिक सम्भावनायुक्त गुरुसाङ्वो गुफामा पूर्वाधार निर्माण भएको छ।
बिएल संवाददाता - म्याग्दी
घना जङ्गलको बीचमा रहेको यो ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। सिद्धबराह मन्दिर पनि यही ताल छेउमै छ। त्यसले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ। पदयात्राका लागि निकै सम्भावना बोकेको बराह तालमा भौगोलिक विकटताका कारण अघिल्लो वर्षसम्म सडक पुगेको थिएन। गाउँपालिकाले गत वर्षमात्रै भयरबोङ्गा, मुठाचौर हुँदै यहाँ सडक पुर्याएको छ।
बिएल संवाददाता - बागलुङ
चीनको हेलोङजियाङ प्रान्तको हार्बिनमा भएको हार्बिन अन्तर्राष्ट्रिय बरफ र हिउँ महोत्सवमा मानिसहरू हिउँसँग खेल्दै।
बिएल संवाददाता - अमेरिका
उनले भने, ‘विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे पनि नयाँवर्ष मनाउन आउने पर्यटक यतिबेला बढेका छन्। अहिले दैनिक तीन–चार सयको हाराहारीमा पर्यटक आएका छन्।’ तीन सय जनाको क्षमता रहेको घलेगाउँ घरबास सबै पर्यटकले भरिएर अन्य घर र होटलमा सारिएको उनले बताए।
बिएल संवाददाता - लमजुङ
नरपानी चिसो हावा र चिसो पानीका कारण प्रशिद्ध छ। यहाँको मौसम बाह्रै महिना चिसो हुन्छ। यहाँबाट हिमाल र पहाडको मनमोहक दृश्य देख्न पाइने भएकाले भारतबाट समेत पर्यटक आउने गरेका छन्।
बिएल संवाददाता - अर्घाखाँची
योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्याइने उल्लेख गरेको थियो।
बिएल संवाददाता - काठमाडाैँ