घरपालुवा जनावरको दाना मिसिएको भारतीय बिस्कुट ‘प्रियागोल्ड’ नेपालमा प्रतिबन्ध
यसअघि ‘भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण’ ले उक्त बिस्कुटमा अखाद्य वस्तु फेला परेको भन्दै भारतीय बजारमा पनि बन्देज लगाएको थियो। भारतमा उपभोक्ताको उजुरीपछि त्यहाँको मानक प्राधिकरणले प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनी ‘सूर्या फुड एन्ड एग्रो लिमिटेड’ को कारखाना निरीक्षण गर्दा बिस्कुटमा रेसा (फाइबर) को स्रोतका रूपमा गाईवस्तुलाई खुवाउने चोकर प्रयोग गरेको भेटिएको थियो। उक्त चोकर राखिएका जुटको बोरामा स्पष्ट रूपमा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि नभएको’ भनी उल्लेख गरिएको थियो।
बिएल संवाददाता - काठमाडौं।