शुक्रबार, २७ नोभेम्बर २०२६

प्रधानमन्त्री भेटेको भोलिपल्टै राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

लामिछानेले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर भेटवार्ता गरेका हुन्।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेको भोलिपल्टै सभापति लामिछाने राष्ट्रपति भेट्न पुगेका हुन्।

रवि–बालेन भेटवार्तामा सभापति लामिछानेलाई भारत भ्रमण र भ्रमणका उपलब्धिबारे जानकारी गराएका थिए। त्यस्तै उनीहरूबीच अध्यादेश र आगामी संसद् अधिवेसन सम्बन्धमा पनि कुराकानी भएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!