बिहिबार, २६ नोभेम्बर २०२६

बुढानिलकण्ठमा रवि–बालेनबीच ५ घण्टा सघन वार्ता

News Image
फाइल तस्बिर
• • •

प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच ५ घण्टा लामो भेटवार्ता भएको छ।

बिहीबार लामिछाने निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री शाह र लामिछानेबीच लामो छलफल भएको लामिछानेका स्वकीय सचिव अविनास आचार्यले बताए। 

भेटमा प्रधानमन्त्रीले सभापति लामिछानेलाई भारत भ्रमण र भ्रमणका उपलब्धिबाले जानकारी गराएका छन्।

त्यस्तै दुई नेताबीच आगामी प्रदेश सभा र स्थानीय निर्वाचन र त्यसको तयारी,  पार्टीले सुरु गर्न लागेको प्रशिक्षण अभियान लगायत विषयमा छलफल भएको आचार्यले बताए।

उनीहरूबीच मन्त्री, मन्त्रालय र सरकारका कामकारबाही, अध्यादेश र आगामी संसद् अधिवेसन सम्बन्धमा पनि कुराकानी भएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!