बिहिबार, २६ नोभेम्बर २०२६

जब कृषिमन्त्री चौधरी आफैं स्कुटी चलाएर मासु पसल अनुमगनमा निस्किइन्…

News Image
• • •

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी आफैं स्कुटर चलाएर मासु पसल निरीक्षणमा गएकी छन्।

बिहीबार सरकारी निवासबाट स्कुटर चलाएर निस्केकी उनले काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी हुन्। मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर र खाद्य सुरक्षाको अवस्था बुझ्न उनले कोल्ड स्टोरेजको निरीक्षण गरेकी हुन्।

मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्थाबारे जानकारी लिन मन्त्री चौधरीले अनुगमन गरेकी हुन्। उनले कोल्ड स्टोरेजमा भण्डारण गरिएको मासुको अवस्था, सरसफाइ, स्वच्छता तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरिन्।

मन्त्री चौधरीले उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र निर्धारित मापदण्डको पालना गर्नुपर्नेमा जोड दिएकी छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!