बिहिबार, २९ अक्टोबर २०२६

कच्चा तेलको मूल्य बढ्यो, नेपालमा महँगी बढ्ने चिन्ता

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दसैं सकिएसँगै तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो सुनको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत असोज ३० गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ थियो। त्यो दसैंको विदा हुनुअघि अर्थात् फूलपातीको अघिल्लो दिनको बजार मूल्य हो।

बिएल संवाददाता

बिएल संवाददाता -

भारतलाई बिजुली बेचेर असाेजमा झन्डै ६ अर्ब कमाइ, अब बङ्गलादेश पनि पुग्न थाल्याे नेपाली बिजुली

नेपाल विद्युत प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्याङ्कअनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात भएको छ । उक्त विद्युत बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं।

दशैंमा बजार चलायमानः निजी क्षेत्र अझै ‘पर्ख र हेर’कै अवस्थामा छ– हेमराज ढकाल

‘चाडपर्व वर्षभरिनै हुन्छ । तर दशैं–तिहार भनेको सबैभन्दा बढी व्यापार हुने सिजन हो । वर्षायाम सकिएर हिउँदमा आर्थिक गतिविधि चलायमान हुने अवस्था पनि हो। तर यसवर्ष भोटेकोशीदेखि कालीगण्डकीसम्मका बाढीले धेरै जिल्लामा लिङ्केज पनि टुटेको अवस्था छ । नयाँ सरकारले केही गर्न खोजेको देखिन्छ, तर के हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन,’ उनले भने ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला, ह्विलिङ चार्ज प्रतिमेगावाट ४ लाख १३ हजार

यस मापदण्डमा राष्ट्रिय विद्युत प्रसारण ग्रीडको प्रसारण शुल्क निर्धारणका लागि अपनाइने गणना विधि, वार्षिक आवश्यक आयमा समावेश गरिने विषय र सोको गणना विधि लगायतका विषयहरु उल्लेख गरिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

गत आवको सोही अवधिमा भने ८ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरका ५ लाख थान स्मार्टफोन आयात भएका थिए। यस वर्ष स्मार्टफोनको आयात संख्या घटे पनि आयात मूल्य भने बढेको देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रसुवा बाढीमा कन्टेनर, बस र माइक्रोलगायत ५ सय बढी सवारीसाधन सम्पर्कविहीन

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेशका अध्यक्ष सुवन गिरी (सुमन)का अनुसार हालसम्म प्राप्त प्रारम्भिक विवरणमा १०० को हाराहारी बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० मालवाहक टिपर वा गाडी सम्पर्कविहीन छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हेटौंडा कपडा उद्योगपछि विराटनगर जुट मिलमा सरकारको नजर, पुनः सञ्चालनबारे अध्ययन गर्न कार्यदल गठन

उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतमा एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला?

भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य अगस्ट १ देखि लागू हुने गरी नयाँ दिल्लीमा २०२ भारतीय रुपैयाँ र कोलकातामा २०० भारतीय रुपैयाँले घटाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले स्वीकारेन राष्ट्र बैंकको प्रस्तावः एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राख्न निर्देशन

सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दै त्यसमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हेटौंडा कपडा उद्योगबाट २ महिनाभित्र ‘परीक्षण उत्पादन’ गर्नेगरी सेनाले थाल्यो काम

लामो समयदेखि बन्द भइ पटक–पटक सञ्चालन गर्ने भनिएको तर सञ्चालन हुन नसकेको हेटौंडा कपडा उद्योग अन्ततः सरकारले दीर्घकालीन रूपमा सञ्चालन गर्ने उद्देश्यसहित हाल परीक्षण उत्पादनका लागि आवश्यक कार्य सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्तो आयो नेपाल राष्ट्र बैंकको मौद्रिक नीति (पूर्णपाठ)

आर्थिक वर्ष २०८३/८४ मा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार हुने र १४ ब्रोड मनि सप्लाई हुने प्रक्षेपण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, अर्थतन्त्रमा सुधारका संकेत

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चिया निर्यातमा भारतीय अवरोध हट्यो

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विशेष सक्रियता र मन्त्रालयको निरन्तर संवादपछि आजैका दिनदेखि चिया निकासी पुनः सुचारु भएको मन्त्री मन्त्री गौरीकुमारी यादवले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतले नकिनेपछि इलामका चिया उद्योगहरू अनिश्चितकालका लागि बन्द

भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध सिर्जना गरेपछि उद्योगीहरूले आजदेखि उद्योग बन्द गर्ने निर्णय लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

एक वर्षमै थपियो ८८ अर्ब ९ करोड

आर्थिक वर्ष २०८१/०८२ मा यस वर्षको लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

डीडीसीमा ब्रह्मलुटः कर्मचारीलाई सित्तैमा दुध र घिउ लैजान रोक्दा ३ करोड जोगिने

वर्षौंदेखि घाटामा रहेको संस्थानमा कर्मचारीले भने संस्थानका उत्पादन सित्तैमा उपभोग गर्दै आएको पाइएपछि मन्त्रालयले कर्मचारीले उपयोग गर्दै आएको सुविधामा रोक लगाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं