बिएल संवाददाता
चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात भएको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा नेपालले ९ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ बराबरका ४ लाख २५ हजार थान स्मार्टफोन आयात गरेको हो।
गत आवको सोही अवधिमा भने ८ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरका ५ लाख थान स्मार्टफोन आयात भएका थिए। यस वर्ष स्मार्टफोनको आयात संख्या घटे पनि आयात मूल्य भने बढेको देखिन्छ।
गत आवको पहिलो दुई महिनाको तुलनामा चालु आवमा स्मार्टफोन आयातको संख्या करिब ७५ हजार थानले घटेको छ। तर आयात मूल्य भने ८६ करोड ७७ लाख रुपैयाँले बढेको छ।
यस आधारमा गत आवको तुलनामा चालु आवको पहिलो दुई महिनामा स्मार्टफोन आयातको औसत मूल्य बढेको देखिन्छ। गत आवमा प्रतिथान औसत आयात मूल्य करिब १७ हजार ७५२ रुपैयाँ रहेकामा चालु आवमा यो करिब २२ हजार ९२६ रुपैयाँ पुगेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया