एकैदिन ५ हजार रुपैयाँले बढ्याे सुनकाे मूल्य
एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ। बुधबार सुनकाे मूल्य बढेसँगै प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। त्यसैगरी चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ। अहिले चाँदी प्रतिताेला १९९० रुपैयाँ कायम भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं