बिएल संवाददाता
ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ।
कुल २१ लाख ७१ हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट भएको छ। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँड भएको हो।
कम्पनीले आज बिहान साढे ९ बजे गौशालास्थित क्रिस्टल पशुपतीमा आईपीओ बाँडफाँड सम्पन्न गरेको हो। कम्पनीले गत जेठ १४ देखि २० गतेसम्म सर्वसाधारणकालागि ३२ लाख ९६ हजार ५०६ कित्ता शेयर जारी गरेको थियो।
आवेदनमध्ये रितपूर्वक प्राप्त भएको २० लाख ५९ हजार ३८८ जना आवेदकहरूबाट २ करोड ३९ लाख ७ हजार ६०० कित्ता प्राप्त भएको हुदाँ कम्पनीले जारी गरिएको शेयर संख्या भन्दा बढी संख्यामा शेयर खरिदका लागि आवेदन प्राप्त हुन आएको थियो।
सोको बाँडफाँड गर्नका लागि एउटै समूहमा राखी न्यूनतम १० कित्ता शेयरका दरले गोलाप्रथाबाट ३ लाख २९ हजार ६५० जना लगानीकर्ताहरूलाई र बाँकी ५.१९ कित्ता शेयर सोहि मध्ये २० देखि १००० कित्ता आवेदन गरी १० कित्ता बाँडफाँडमा पर्ने आवेदकहरूलाई गोलाप्रथाबाट नियमन निकायका प्रतिनिधिहरूको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा बाँडफाँड कार्य सम्पन्न गरिएको हो।
आईपीओको नतिजा मेरो शेयर र सीडीएसी क्लिीयरिङ लिमिटेडको वेभसाइटबाट हेर्न सकिने छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया