बिएल संवाददाता
नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ।
बैंकले सावर्जनिक सुचना जारी गर्दै आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको जनाएको हो।
‘साविककै आकार तथा रङ्गमा सङ्केत नं. ०००००१ देखि, ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट प्रचलनमा ल्याइएको राष्ट्र बैंकले सुचनामार्फत जनाएको छ।
नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ। नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ। नोटका तल्लो भागको बोर्डरमा नोटको क्रम नम्बर नेपालीमा वि.सं. २०८१ लिखिएको हुनेछ।
त्यसैगरी नोटको पृष्ठ भागमा भने नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको हुनेछ।
मध्य भागमा कृष्णसारको चित्र रहेको हुनेछ, तल्लो भागको बोर्डरमा अंग्रेजीमा दश रुपैयाँ लेखिएको हुनेछ। नोटको तल्लो भागको बोर्डरमा नोटको क्रम सङ्ख्या अंग्रेजीमा सन् २०२४ मा लेखिएको हुनेछ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया