बिएल संवाददाता
भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न नेपाल, भारत र बंगलादेश बीच भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले भोली (जुन १५ अर्थात असार १) देखि बंगलादेशमा बिजुली पठाउनु पर्नेछ।
गत वर्ष असोज १७ मा तीनओटै देशका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा भएको सम्झौता पश्चात नेपालले १२ घण्टाका लागि मात्रै बंगलादेशमा बिजुली बेचेको थियो।
तर, यसवर्ष तोकिएकै समयमा बंगलादेशमा बिजुली पठाउने तयारीबारे नेपाल विद्युत प्राधिकरणले हालसम्म औपचारिक जानकारी गराएको छैन।
यद्यपि, नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले भने सम्झौतामा तोकिएको मितिमै बिजुली निर्यात गर्नेगरी अन्तिम तयारी भइसकेको जानकारी दिएका छन्।
‘करिब दुईसाता अघिनै बंगलादेशले नेपालबाट बिजुली लैजानका लागि प्रतित पत्र (एलसी) खोलिसकेको छ। त्यसकारण असार १ मै बंगालदेशमा बिजुली बेच्नेगरी काम भइसकेको हो,’ उनले भने।
सम्झौता अनुसार नेपालले आगामी पाँच वर्षसम्म हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा बिजुली पठाउनुपर्नेछ।
गतवर्ष नेपाल र भारतबीचको पहिलो ४०० केभी अन्तरदेशीय प्रसारण लाइन ढल्केवर-मुजफ्फरपुर हुँदै नेपालको बिजुली बंगलादेश पुगेको थियो।
यसवर्ष पनि सोहि प्रसारण लाइन हुँदै नेपालको बिजुली बंगलादेश पुग्नेछ। त्यसका लागि विद्युतको मिटर मुजफ्फरपुरमा रहेको छ।
मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)-भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश पुगेको थियो।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र आफ्नै सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने सहमति भएको छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया