मङ्गलबार, १७ नोभेम्बर २०२६

दानबहादुरको रिटमा भोलिलाई तोकियो पेसी

News Image
• • •

आफूलाई नेपाल प्रहरीको आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका दानबहादुर कार्कीको रिटमा भोलिका लागि पेसी तोकिएको छ।

यसअघि सोमबारका लागि पेसी तोकिएकोमा छठको बिदा परेकोले बुधबारबा लागि पेसी सरेको हो। 

कार्कीले आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने मन्त्रिपरिषद्को निर्णय बदर गर्न र मनोज केसीलाई आईजीपीको हैसियतमा कुनै कामकारबाही गर्न नदिन अन्तरिम आदेशको माग गर्दै कात्तिक २० मा रिट दर्ता गरेका थिए।

 प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफूलाई स्पष्टीकरण दिने अवसरसमेत नदिइ आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानुनी रुपमा सरकारले आफूलाई हटाएको उनको दाबी छ।

आफूलाई पूर्ववत् पदमा कायम राख्दा प्रत्यर्थीहरूलाई कुनै कानुनी हानी नहुने, बरु दुई आईजीपीस्तरका पदाधिकारी रहँदा आदेश शृंखलामा अन्योलता उत्पन्न हुने र त्यस्तो अन्योल अन्त्य गरी प्रहरी संगठनको स्थिरता कायम गर्नुपर्ने कार्कीको जिकिर छ।

यता गृहमन्त्रालयले भने कार्कीले मन्त्रिपरिषदले निर्णय गरेकै दिन सल्लाहकारको नियुक्ति बुझिसकेको दाबी गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!