बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले एक महिलामाथि अपमानजनक गालीगलौज गरेको विवादित अडियोबारे पार्टीको अनुशासन आयोगमा इन्कारी पत्र पेस गरेका छन्।
अनुशासन आयोगका उपप्रमुख अधिवक्ता हरिचन्द्र भट्टराई संयोजक रहेको छानबिन समितिलाई सुनारले महिलासँग भएको भनिएको अडियो आफ्नो नभएको दाबी पेस गरेका हुन्।
अडियो सार्वजनिक भए लगत्तै रास्वपाले सांसद सुनारमाथि औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाउँदै आन्तरिक छानबिन गर्न पार्टीको अनुशासन आयोगलाई निर्देशन दिएको थियो।
छानबिन समितिका एक सदस्यका अनुसार सुनारले यसअघि आफूले सामाजिक सञ्जालमार्फत खण्डन गरिसकेको विषयहरूलाई नै समावेस गरी इन्कारी जवाफ दिएका छन्। उनले अडियोमा सुनिएको बोली आफ्नो नभएको दलील पेस गरेका छन्।
‘मेरो होइन, एआईले बनाइएको हो, मेरो कुनै महिलासँग त्यस्तो सम्बन्ध छैन, प्रहरीमा भएको भ्रष्टाचार बाहिर ल्याएपछि ममाथि सुनियोजित हमला गरिएको हो’ भन्ने खालको इन्कारी बयान प्राप्त भएको छ,’ ती सदस्यले भने।
यसअघि सुनारले सामाजिक सञ्जालमार्फत उक्त अडियो एआई निर्मित भएको दाबी गर्दै प्रहरीमा भएको भ्रष्टाचारको मुद्धा उठाएपछि प्रहरी हेडक्वार्टरले आफूमाथि निगरानीका लागि प्रहरीहरू खटाएको आरोप लगाएका थिए।
‘सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन्। एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन्,’ उनले भनेका थिए।
सुनारले इन्कारी बयान दिएपछि छानबिन समितिले स्वतन्त्र प्रमाणको खोजी सुरु गरेको छ। खगेन्द्रको भनिएको अडियो प्रसारण गर्ने जनआस्था अनलाइनसँग सम्पादन नगरिएको अडियो लिएको छ। न्युज २४ टेलिभिजनबाट प्रसारण गरिएको पीडित भनिएकी महिलासँग गरिएको अन्तर्वाताको अडियो पठाउन पत्राचार गरेको छ।
समितिका एक सदस्यका अनुसार आरोपित सुनारको इन्कारी जवाफ र पीडित भनिएकी महिलाले मिडियामा दिएको अन्तर्वार्तामा राखेका इन्कारी जवाफ र विचारले छानबिनको काममा जटिलता थपिएको छ।
सुनारको इन्कारी जवाफपछि अडियोको प्राविधिक जाँचका लागि सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको ती सदस्यले बताए। अडियोको जाँच सकिएपछि सुनारसँग सोधपुछ गर्ने समितिले तयारी गरेको छ।
‘अडियोबारे आरोपित पक्ष र पीडित भनिएको पक्षले मिडियामा इन्कारी जवाफ दिएको र आरोपित सांसदले समितिलाई इन्कारी जवाफ पेस गरेकोले अनुसन्धान अलिक लम्बिएला जस्तो छ। जनआस्थाबाट प्राप्त प्रमाणका आधारमा अडियो उहाँ (खगेन्द्र)कै हो भन्नेमा समितिका सदस्यहरूमा मतभेद छैन। इन्कारी जवाफ दिँदैमा उन्मुक्ति पाइँदैन। सत्यतामा आधारित हुनुपर्छ। तर, त्यसोभन्दैमा अडियोको प्राविधिक पुष्टी नगरी निष्कर्षमा पुग्न मिलेन। सम्बन्धित निकायबाट दुधको दुध, पानीको पानी छुट्टिएपछि थप प्रक्रिया अघि बढ्छ। दोषी देखिए कसैले उन्मुक्ति पाउँदैन,’ ती सदस्यले भने।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया