बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई तोकेका छन्।
कोशी प्रदेशको प्रदेश प्रमुख पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्ति नभएसम्मका लागि उनलाई कोशीको समेत कार्यभार सम्हाल्ने जिम्मेवारी दिइएको हो।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ (२) बमोजिम राष्ट्रपति पौडेलले उक्त कार्यभार तोकेका हुन्।
कोशी प्रदेशका तत्कालीन प्रमुख परशुराम खापुङ पाँच वर्षे कार्यकाल पूरा गरी गत कात्तिक २३ गते पदबाट बिदा भएपछि उक्त पद रिक्त रहँदै आएको थियो।
फेरिँदै महिला हिंसाको स्वरूपः सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसाले थप चुनौती
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया