बिएल संवाददाता
सरकारले देशैभरि क्रिकेट रंगशाला बनाउने अभियानलाई तीव्रता दिन थालेको छ। यसैक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटै फ्रेन्चाइज समूहहरूलाई छलफलका बोलाएका छन्।
मन्त्रालयका अनुसार दिउँसो ३ बजे समूहका अध्यक्षहरुलाई छलफलमा बोलाइएको हो।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले एनपिएलका आठवटै समूहका लागि हरेक ठाउँमा क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका थिए। सरकारले एनपिएलको छैठौं संस्करणदेखि एनपिलीका खेलहरू होम एन्ड अ वे मा खेलाउने तयारी गरिरहेको छ। त्यहीअनुसार सबै आठवटै क्लबका लागि रंगशाला निर्माण थालनी गरिने सरकारले जनाएको छ।
त्यसकै प्रक्रियालाई अघि बढाउनका लागि मन्त्रालयले आज सबै फ्रेन्चाइज टोलीहरूलाई छलफलका लागि बोलाएको हो।
प्रधानमन्त्री शाहले घोषणा गरेअनुसार विराटनगर किंग्स - बैजनाथपुर क्रिकेट रंगशाला लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको घोषणा गरेका थिए।
तिमध्ये फाफ्ला रंगशाला निर्माणका लागि ठेक्का प्रक्रियामा गइसकेको छ। बाँकी रंगशालाहरूमा पनि केही काम भएका छन्। तर आगामी तीन वर्षभित्रमा सरकारले सबै रंगशालाहरू बनाउने गरी तयारी गरिरहेको छ।
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया