सोमबार, २३ नोभेम्बर २०२६

भारतको राजकीय भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री

News Image
• • •

प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठज्यूले स्वागत गरे।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका शाहले नेपाल–भारत सम्बन्ध, ऊर्जा, व्यापार, पूर्वाधार विकासलगायतका विषयमा छलफल गरेका थिए।

भ्रमणका क्रममा दुई देशबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र आदानप्रदान हुनुका साथै काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!