बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलसहित भारतको औपचारिक राजकीय भ्रमणमा निस्केका छन्।
प्रधानमन्त्री शाहलाई विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र रास्वपा प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए।
भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलगायत छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूज्यूसँग शिष्टाचार भेट गर्नेछन्। साथै, भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोलि मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका छ।
भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।
शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्।
भ्रमणको पहिलो दिन आज प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। यस्तै, भोलि सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शाह भारत भ्रमण सम्पन्न गरी यही मंसिर ७ गते साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने तालिका छ।
भ्रमण टोली नेपाल फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने छन्।
भ्रमण टोलीका ३५ सदस्यको नामावली यसप्रकार छः
बालेन्द्र शाह – प्रधानमन्त्री
डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री
शिशिर खनाल – परराष्ट्रमन्त्री
कुमार व्यञ्जनकार – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
असिम शाह – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
विवेक मिश्र – प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
गोविन्दबहादुर कार्की – मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
अमृतबहादुर राई – सचिव, परराष्ट्र मन्त्रालय
रुद्रसिंह तामाङ – सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
सुभाष शर्मा – प्रधानमन्त्रीका प्रमुख निजी सचिव
याङ्की उक्याब – प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल
जगदीश्वर पाण्डे – परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
प्रदीप परियार – प्रधानमन्त्रीका निजी सचिव
गहेन्द्रराज भण्डारी – सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
कुमारराज खरेल – प्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
लोकबहादुर पौडेल क्षेत्री – सहसचिव तथा प्रवक्ता, परराष्ट्र मन्त्रालय
अमृत लाम्साल – सहसचिव, अर्थ मन्त्रालय
सुभाष ढकाल – सहसचिव, सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय
सुनील पौडेल – सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
दीपा दाहाल – प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
ललिता सिलवाल – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
विजयराज तण्डुकार – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
लोचन पौडेल – परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
दीपकराज निरौला – शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय
मनोज गैरे – शाखा अधिकृत, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट – प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी (एडीसी)
मेजर सुशील बानियाँ – प्रधानमन्त्रीका सुरक्षा अधिकारी
डीएसपी दिपेश बस्याल – प्रधानमन्त्रीका सुरक्षा अधिकारी
विनय शाक्य – प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)
तारा हमाल ढुंगाना – संवाददाता, गोरखापत्र
कमल कुमार बस्नेत – संवाददाता, राष्ट्रिय समाचार समिति (रासस)
अशोककुमार बस्नेत – भिडियोग्राफर, नेपाल टेलिभिजन
प्रेमराज गौतम – उपप्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
मेजर रोशन केसी – प्रधानमन्त्रीका सैनिक सहयोगी (एडीसी)
मुकेश डंगोल – क्यान डीजी
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया