बिएल संवाददाता
नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। काँग्रेस कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंसिर ८ गतेका लागि बैठक आह्वान गरिएको सूचना जारी गरेका छन्।
बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुनेछ।
गत असोज दोस्रो साता भएको १५औं महाधिवेशनपछि निर्वाचित कार्यसमितिको यो पहिलो औपचारिक बैठक हुनेछ।
काँग्रेस नेताहरूका अनुसार यो बैठकले जिल्ला तथा प्रदेश अधिवेशनहरूका बारेमा छलफल गर्नेछ। वडा र क्षेत्रीय अधिवेशनहरु सकेर काँग्रेसले नियमित १५औं महाधिवेशन गरेको थियो।
पुस महिनाभित्रै जिल्ला तथा प्रदेश अधिवेशनहरू सकेर नेपाली काँग्रेस पूर्णरुपमा स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय अभियानमा होमिने रणनीतिमा छ।
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया