बिएल संवाददाता
तीन शक्तिराष्ट्रका प्रमुखहरूले चीनको सेनझेन सहरबाट विश्व शान्तिको आह्वान गर्दै ‘शान्ति घोषणा’ गरेका छन्।
यसबाट अमेरिका, चीन र रुसले विश्वमा जारी अस्थिरता, अन्योल र अशान्तपूर्ण अवस्था अन्त्य हुनसक्ने विश्वास पनि व्यक्त गरेका छन्।
चिनियाँ सहरमा पहिलोचोटी सँगसँगै बसेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चीनफिङले संयुक्तरुपमा उक्त विश्व शान्ति घोषणा जारी गरेका हुन्। चीनको सेनझेन सहरमा भएको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा निम्त्याइएका उनिहरूबीच पहिलोचोटी संयुक्त भेटघाट भएको हो।
विश्वका यी तीन शक्तिहरूको भेटपछि उनिहरूले विश्वमा चलिरहेको विभिन्न युद्धहरूका बारेमा पनि त्यहाँबाट कुनै सकारात्मक घोषणा गर्लान् कि भन्ने विश्वभरि चासोको विषय थियो। रुस अनि अमेरिका आफैमा प्रत्यक्ष युद्धमा होमिएका देशहरू हुन्। चीनले आफ्ना केही औपनिवेशिक राष्ट्रहरूमा आफ्नो पूर्ण प्रभाव फर्काउन चाहिरहेको छ। रुसले युक्रेनसँग युद्ध सुरु गरेको करिब पाँच वर्ष पुग्न लागिसकेको छ। हाल अमेरिका र इरानबीच पनि तनावको स्थिति छ। त्यसमाथि मध्यपूर्व र खाडीका राष्ट्रहरूमा पनि उत्तिकै तनाव सिर्जना भएको छ। जसमा अमेरिका प्रत्यक्ष जोडिएको छ।
विश्व महाशक्तिहरूको यो त्रिपक्षीय बैठकले ती युद्धहरूको बारेमा भने प्रत्यक्ष केही बोलेको छैन। ‘किलिन भिल्ला’ मा ९० मिनेटसम्म भएको त्रिपक्षीय शिखर वार्तालगत्तै तीन देशले ‘संयुक्त शान्ति घोषणापत्र’ जारी गरेको हो। संयुक्त घोषणापत्रमा तिनै शीर्ष नेताले ‘आणविक युद्ध कहिल्यै जित्न सकिँदैन र यो कहिल्यै लड्नु हुँदैन’ भन्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
यो घोषणाका मुख्य अंशहरू यस्ता छन्
१. चीन, रुस र अमेरिका संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का स्थायी सदस्यका रूपमा विश्वव्यापी चुनौतीहरूको अझ प्रभावकारी सामना गर्न र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा कायम राख्ने आफ्नो आधारभूत जिम्मेवारी पूरा गर्न संयुक्त राष्ट्र संघको सुधारलाई अघि बढाउन प्रतिबद्ध छन्।
२. देशले विश्वका सबै देशको हितका लागि परिष्कृत पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति बढाउने योजना बनाएका छन्। तिनै देशले ऊर्जाको स्थिर प्रवाहको महत्त्व दोहोर्याएका छन्।
३. देशका राष्ट्रप्रमुखहरूले मुलुकको सहमतिको सिद्धान्त र मुलुकका अधिकारीहरूको उन्मुक्तिको सम्मान अत्यन्त महत्त्वपूर्ण रहेको स्वीकार गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालत तथा अन्य समान निकायहरूले आफ्नो अधिकारक्षेत्रको दुरुपयोग गर्न नहुनेमा सहमत भएका छन्।
४. देशका राष्ट्रप्रमुखहरूले आणविक युद्धमा कसैले जित्न नसक्ने र लड्न पनि नहुने कुरा दोहोर्याएका छन्। ३ देशले आणविक जोखिम घटाउने र आणविक अप्रसार रोक्ने विषयमा वार्ता गर्नेछन्।
वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका तीन ठुला आणविक शक्ति राष्ट्र आणविक भण्डार घटाउनका लागि विशेष भूमिकामा रहेको बताए। राष्ट्रपति सीले आणविक युद्ध रोक्न हरसम्भव प्रयास गर्नुपर्ने र विश्वलाई आणविक हतियारमुक्त बनाउनुपर्नेमा जोड दिएका थिए। शिखर बैठकलाई राष्ट्रपति ट्रम्पले ‘एउटा इतिहास रचिएको क्षण’का रुपमा ब्याख्या गरेका थिए। त्यस्तै रुसका राष्ट्रपति पुटिनले ‘नसोचिएकै उपलब्धी’का रुपमा लिएको प्रतिक्रिया दिएङ्का थिए।
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया