बिएल संवाददाता
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित भइ दल त्याग गरेका १८ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको निर्णय गरेको छ।
आयोगले २०८३ मङ्सिर ३ गते प्रकाशन गरेको सूचनाअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको जानकारी प्राप्त भएकाले २०८३ मङ्सिर २ गते पद रिक्त हुने निर्णय गरिएको हो।
पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत कार्य गरी दल त्याग गरेको व्यहोरासहित केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपि आयोगमा प्राप्त भएपछि नियमावलीको नियम २२ को उपनियम (२) अनुसार सूचना सार्वजनिक गरिएको जनाइएको छ।
पद रिक्त हुनेमा सिराहाको लहान नगरपालिकाका उपप्रमुख रामचरितर महतो, सखुवानन्कारकट्टी गाउँपालिका–४ का वडा अध्यक्ष रमेशकुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडा अध्यक्ष विजयकुमार महतो छन्।
यस्तै पर्साको कालिकामाई गाउँपालिका–१ का वडा अध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडा अध्यक्ष सञ्जयकुमार पटेलको पद पनि रिक्त भएको छ।
खोटाङको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईको पद रिक्त भएको छ।
खोटाङकै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० का वडा अध्यक्ष मुगाधन राई, वडा महिला सदस्य कल्पना राई, वडा दलित महिला सदस्य गिता विक, वडा सदस्यद्वय रामधन राई र शहरमनी राई तथा नगरकार्यपालिका सदस्य विरेन्द्रकुमार दर्नालको पद रिक्त भएको छ।
यसैगरी भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाअध्यक्ष बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडा अध्यक्ष छत्रबहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ, सन्दकपुर गाउँपालिका–४ का वडा अध्यक्ष ढाल बहादुर गुरूङ र सुनसरीको कोशी गाउँपालिका–६ का वडा अध्यक्ष जुडिलाल कौडगियाको पद स्वतः रिक्त भएको आयोगको सूचनामा उल्लेख छ।
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया