बिएल संवाददाता
स्थानीय तह र प्रदेश सभाको निर्वाचनका लागि आज निर्वाचन आयोगले राजनीतिक दलका प्रमुखहरूसँग छलफल गर्दैछ। आयोगले आह्वान गरेको छलफलमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्। एमाले अध्यक्ष ओली भने केही बेर बसेर निस्किएका छन्।
आयोगले प्रदेश तथा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा अलग अलग गर्ने भन्ने बारेमा दलहरूको धारणा बुझ्न प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्न लागेको हो।
आगामी फागुन वा चैतमा निर्वाचन गर्नेगरी आयोगले आफ्नो तयारी गरिरहेको जनाएको छ। आयोगका केही चरणको तयारीपछि सरकारले निर्वाचन मिति घोषणा गर्नेछ।
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया