बिएल संवाददाता
यसमा कुनै शंका छैन कि जीवन साथी रोज्नु सबैभन्दा महत्वपूर्ण निर्णयहरू मध्ये एक हो। त्यसैले धेरै सोचेर मात्र जीवन साथी रोज्नुपर्छ।
नत्र हरेक सुख–दुखमा साथ दिने मान्छे नै समस्याको कारण बन्छ। खासगरी केटीहरुको लागि किनकी अहिलेपनि हाम्रो समाजमा बिहेपछि सबै निर्णय पुरुषहरूले नै लिने गर्छन्। विवाहपछि केटीले काम गर्ने कि नगर्ने भन्ने कुरा श्रीमानकै निर्णयमा भर पर्छ।
यस्तो अवस्थामा जीवन साथी छनोट गर्दा आध्यात्मिक गुरु श्री–श्री रविशंकरको सल्लाह उपयोगी साबित हुन सक्छ।
जीवन साथी कसरी छान्ने?
गुरूदेवको अनुसार कहिल्यैपनि कुनै व्यक्ति स्टेटस देखेर उनीहरूसँग विवाह गर्नुहुँदैन। यसको मतलब हुनेवाला जीवनसाथी धेरै धनी छ तर उसित केही गुणै छेन भने उसले खुसी राख्न सक्दैन।
भलै, केही मान्छेलाई यस्तो लाग्छ कि पैसा नै सबथोक हो। तर एउटा कुरा बुझ्नुपर्छ कि पैसा जरूरत हो तर सबथोक होइन। तर प्रेमबिना अधूरो छ जीवन।
आजकल धेरै नराम्रो लत एक अनिवार्य हिस्सा बनिसकेको छ। जसलाई मानिसहरूले नै खुलेर स्वीकार गरेका छन्। यसमा रक्सी, चुरोट, गाँजा आदिको लत समावेश छ।
आजका धेरै महिलाहरूलाई आफ्नो श्रीमान् लागूऔषध दुर्व्यसनी भएको थाहा भएतापनि उनीहरूले त्यसबारे गुनासो गर्दैनन्।
आजभोलि धेरै महिलाहरु पनि यस प्रकारको लतको सिकार भएका छन्। सुरूमा यो सानो लागेपनि लामो समयसम्म यसले शरीरसँगको सम्बन्ध बिगार्न पनि काम गर्छ।
जिम्मेवार व्यक्तिसँग आफ्नो घर मिलाउनु सबैभन्दा सुरक्षित मानिन्छ। किनकी यस्तो व्यक्ति सम्बन्धमा आउने आफ्नो जिम्मेवारीबाट कहिल्यै पछि हट्दैन। यदि तपाईं यस्तो व्यक्तिको जीवनमा हुनुहुन्छ भने तपाईंले केहि चिन्ता लिनु पर्दैन।
यस्तो व्यक्तिले सधैं आफ्नो परिवार सुरक्षित रहने सुनिश्चित गर्दछ। त्यसैले गुरुदेवले पनि आफ्नो जिम्मेवारीप्रति सचेत व्यक्तिसँग विवाह गर्ने सल्लाह दिन्छन्।
असल जीवन साथीमा हुन्छन् यी गुण
वैवाहिक जीवन लामो समयसम्म टिक्नको लागि जीवनसाथी राम्रो हुनु अति आवश्यक हुन्छ। यस्तो अवस्थामा कुनै पनि व्यक्ति असल हो कि नराम्रो हो भनी पहिचान गर्नको लागि उसको मानवीय गुणहरू जाँच्नु अति आवश्यक हुन्छ।
यसका लागि गुरुदेवद्वारा उल्लिखित जीवन्तता, उदारता र प्रेम जस्ता गुणहरूमा ध्यान दिनु अति आवश्यक छ। यो सुनिश्चित गरेपछि मात्र तपाईं आफ्नो वैवाहिक जीवनमा खुसी हुन सक्नुहुन्छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया