बिएल संवाददाता
दशैंमा नेपालीहरूकाे घर–घर पाक्छन् मासु। अझ त्यसमा पनि थरिथरिका मासुहरू हुन्छन्।
तर हामीले मासुकाे सही तरिकाले सदुप्रयाेग गर्ने हाे भने यसकाे सेवनबाट न्याक्क हुँदैन। मासुबाट हामीले घरमै स्वादिलाे बिरयानी बनाउन सक्छाैं।
बिरयानी बनाउनका लागि आवश्यक सामग्रीहरू–
सर्वप्रथम त बिरयानी बनाउनका लागि एक केजी कुखुँराकाे मासु (आफ्नो इच्छानुसार), प्याज, लसुन, अदुवा, तेजपत्ता, गरम मसला, बेसार, घिउ, आवश्यकता अनुसार चामल र स्वादनुसार नुन।
बिरयानी बनाउनका लागि सबै सामान जुटिसकेपछि यसलाई बनाउने तरिका–
सुरूमा ग्यासमा भाँडाे तताएर घिउ हाल्ने। घिउ तातेपछि प्याज हाल्ने र त्यसलाई रातो हुनेगरी फ्राइ गर्ने। प्याज फ्राइ भइसकेपछि त्यसमा मासु हाल्ने।
त्यसपछि त्यसमा गरम मसला, अदुवा र लसुन, राखेर केहीबेर पकाउने। त्यस लगत्तै पानी राखेर छोप्ने। राम्राेसँग मासु पाकिसकेपछि अर्काे भाँडाेमा चामल पकाउने।
दुबै चिज पाकिसकेपछि मासु र भात राम्राेसँग मिलाउने। त्यसपछि सररर माथिबाट धनियाँ छरिदिने।
अब तयार भयाे स्वादिलाे चिकेन बिरयानी।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया