शनिबार, १३ जुन २०२६

नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा

News Image
• • •

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकको डेढ अर्ब रुपैयाँ ऋण अपचलन प्रकरणमा अनुसन्धान थालेपछि मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरको पद धरापमा परेको छ।

जानकी मेडिकल कलेजको नाममा प्रवाह भएको १ अर्ब ५० करोड रुपैयाँ ऋण हिनामिना र बैंकिङ कसुरको अभियोगमा सीआईबीले मानन्धरमाथि अनुसन्धान थालेको हो।

मे १५ देखि लागू हुने गरी ४ वर्षका लागि सीईओ भएका मानन्धर बेलायतमा बसेर प्रभु बैंकको प्रतिनिधिको रूपमा काम गर्दा अवैध हुण्डी कारोबारमा समेत संलग्न भएको केही तथ्य फेला परेको प्रहरीले बताएको छ।

जानकी मेडिकल कलेजको नाममा भएको ऋण अपचलनमा प्रभु बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचन र तत्कालीन सीईओ अशोक शेरचनसँग मानन्धरको पनि मिलेमतो रहेको प्रहरी अनुसन्धानमा खुलेको छ। सीआईबीले हिरासतमा लिएका उनीहरू शक्तिको आडमा छुटेपनि अनुसन्धान भने रोकिएको थिएन।

०७२ जेठ २२ गते हरिमान लामा, हरिकृष्ण भट्टचन र धनबहादुर शेरचनले जानकी मेडिकल कलेजको सेयर खरिद गरेको र सोही समूहमा कलेजको नेतृत्व पुगेपछि नै बैंकबाट डेढ अर्ब रुपैयाँ ऋण निकालिएको देखिएको कम्पनीको विवरणमा देखिएको छ।

हरिमान लामा नागरिक उड्डयन प्राधिकरणलाई २३ करोड रुपैयाँ तिर्न नसकी चेक बाउन्स भएर फरार रहेका खुलेको छ।

शक्तिको आडमा सरकारी वकिलको कार्यालयबाटै मुद्धा सामसुम पारिए पनि जिल्ला र विशेष सरकारी वकिलको कार्यालयको नेतृत्व फेरिसँगै यो मुद्धाको अनुसन्धानले फेरि तिव्रता पाएको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!