बिएल संवाददाता
— नवराज बराल
मुसलधारे पानी परिरहेको अँध्यारो रात। मानिसहरू आफ्ना न्यानो कोठाभित्र बसेर सुखद् पलहरू साटिरहँदा, म भने भिजेका सडक र चिसो हावासँग जुधिरहेको हुन्छु।
‘कसैको मुहारमा मुस्कान भर्नका लागि आफ्नो आँखाभरि आँसु बोकेर हिँडेको म, गन्तव्यमा पुग्छु वा बाटोमै हराउँछु थाहा छैन।’
यो केवल एउटा भनाइ वा पङ्क्ति मात्र होइन, यो त मेरो हरेक रातको यथार्थ हो। भिजेको रेनकोट र हेलमेटको चिसो सिसाभित्र लुकेका मेरा आँखाहरूले कति आँसु पिएका छन्, त्यो केवल यो अँध्यारो रात र परेका पानीका थोपाहरूलाई मात्र थाहा छ। अरूको घरमा तातो खाना र मुस्कान पुर्याउन निस्कँदा, मनभित्र भने आफ्नै घरका अनेकौं अभाव र पीडाहरूको बाढी चलिरहेको हुन्छ।
मास्कले आधा अनुहार त ढाकेको छ, तर मनभित्रको गहिरो चोट र थकान ढाक्न कहाँ सकिँदो रहेछ र? सडकका मोडहरूसँगै जीवनका मोडहरू पनि कता जाँदैछन्, केही अत्तोपत्तो छैन। तैपनि, घरमा पर्खिरहेका सपनाहरू र काँधमा अडिएको जिम्मेवारीले मलाई रोकिन दिँदैन।
मेरो यो कठिन यात्राको अन्त्य कहाँ हुन्छ, म आफ्नो लक्ष्यसम्म पुग्छु वा यस्तै कुनै अँध्यारो मोडमा बिलाएर जान्छु, मलाई थाहा छैन। तर जबसम्म सास चल्छ र पाङ्ग्रा घुम्छन्, अरूको खुसीका लागि आफ्नो पीडा लुकाएर म यसरी नै हिँडिरहनेछु।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया