शुक्रबार, १७ जुलाई २०२६

गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ

ओम आचार्य

ओम आचार्य

काठमाडाैं
News Image
• • •

नेपाली कांग्रेसमा विशेष अधिवेशनपछि पार्टीभित्र आन्तरिक कलह चरममा पुगेको देखिन्छ। संस्थापन र इतर समूह दुबैको आ–आफ्नो अडानमा रहँदा यो कलह चरममा पुगेको हो। 

इतर समूहमा पूर्णबहादुर खडका समूहले काठमाडाैंकाे चुनढुंङ्गामा सम्पर्क कार्यालय खोलिसकेका छन्। 

इतर समूहकाे नेतृत्व गरिरहेका अर्को समूहका नेता डा. शेखर कोइरालाले पहिलेदेखि विशालनगरमा सम्पर्क कार्यलय खोलेका छन्।

अहिले दुबै समूहका नेतृत्व लिएका नेताहरूको सभापति गगन थापासँग पछिल्लो समय सहमतिको लागि संवाद हुन सकिरहेको छैन।

सभापति गगन थापा यी दुबै समूहसँग वार्ता र संवाद गर्न उदासिन देखिका छन्। सभापति गगन थापाको यही उदासिनकै अवस्थामा रहे पाटी फुट्ने अवस्था रहेको इतर समूहको भनाइ छ। र, यसकाे दोष स्वंय सभापतिको रहन्छ।

पूर्णबहादुर खड्काले सहमतिको लागि तीन वटा बुँदा पेश गरेकोमा सभापति गगन थापा त्यो बुँदा स्वीकार्न तयार नरहेको बताउँदै आएका छन् भने अर्कोतिर पाटी फुट्नबाट जोगाउन हरसम्भव प्रयास गर्दै मध्यस्थाको भुमिका निर्वाह गरिरहेका डा. शेखर कोइरालको एउटा शक्तिशाली विशेष संयन्त्र बनाएर जाने भनेका छन् तर त्यो पनि गगन थापा स्वीकारिरहेका छैनन्। 

नेपाली कांग्रेसभित्र गगन थापा भन्दा पनि विश्व प्रकाश शर्मा गुरुराज घिमिरे र प्रदिप पौडेल विशेष रुपमा भारी हुँदै गएको देखिन्छ। यही कारणबाट कांग्रेसभित्र सहमतिको प्रयास न्यून हुँदै गएको कांग्रेसभित्रको राजनीतिका जानकारहरू बताउँछन्।

एक समय गिरिजा प्रसाद कोइराला पाटी सभापति हुँदा पाटीभित्र विद्रोह गरी २०५९ सालमा कांग्रेसबाट अलग्गिएर नेपाली कांग्रेस (प्रजातान्त्रिक)पाटी खोली पाटी सभापति बनेका शेरबहादुरर देउवा कालान्तरमा पाटी मर्च गर्ने समयमा गिरिजा कोइरालासँग नजिक रहेकाहरूले शेरबहादुर बाहेक सबैलाई पाटीभित्र समायोजन गर्ने भनाइ राख्दै आएका थिए।

तर गिरिजा प्रसाद कोइरालाले शेरबहादुर देउवा पनि पाटीलाई चाहिने नेता हुन् भन्दै गिरिजा कोइराला र कृष्णप्रसाद भट्टराईले संयुक्त विज्ञप्ति निकालेर शेरबहादुर देउवाको प्रजातान्त्रिक कांग्रेसका देउवासहित सबैलाई नेपाली कांग्रेसमा २०६४ साल असार ८ गते मर्च गराएका थिए।  अहिलेको सिंगो कांग्रेस त्यही हो।

अहिले कांग्रेसभित्र यस्तै भनाइ र विचार रहेको देखिन्छ। गगन थापा समूहका केही नेताहरू शेरबहादुर देउवा समूहलाई कांग्रेसभित्र ल्याउन चाहेका छैनन् राजनीतिक घटनाक्रमबाट यस्तै देखिँदैछ।

डा. शेखर समूहलाई चाहिँ पाटीभित्र ल्याउन चाहेको देखिन्छ। तर यही मौजुदा अवस्था डा. शेखर कोइराला भने पाटी सभापतिले भने जस्तोमा सहमत हुन नसक्ने देखिएको छ। 

डा. शेखर कोइराला पाटी एक होस् भन्दै मध्यस्थता भुमिका निर्वाह गरेको हुँदा उनकाे अन्तिम समयसम्मको रणनीति यही हुने देखिन्छ।

अहिले गगन समूहले गिरिजा प्रसादले देखाएको बाटो पहिल्याएर पाटी एक बनाउने दायित्व लिनुपर्छ। भोलि पाटी फुटे दोष गगनले बाेक्नुपर्ने छ र पाटी एक भए त्यसकाे श्रेय पनिपाटी सभापति गगन थापामै जाने छ।

आफ्नो इतिहास बनाउने समय अहिले गगनमा ठुलो अवसर आएको छ।

अहिले इतर समूहका व्याक्तिहरूलाई पाटीभित्रबाट जिम्मेवारी मुक्त गर्दै हटाउने र कारबाही गर्ने कार्यले अरू दुरी बढाउँदै गएको कुरा पाटी सभापतिले बुज्नुपर्छ यस्तो अवस्थाले पाटी एक हुने भावना र विचारमा चोट पुर्याएको हुँदा त्यतातिर पनि सभापतिले ध्यान पुर्याउनुपर्छ।

गगन वास्तवमै गगन जस्तै विशाल र फराकिलो हुनुपर्छ त्यो गगनभित्र गगनले चाहे सबै कांग्रेस अटाउन सक्छन्। नभए गगन–गगन जस्तो हुने छैनन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!