शुक्रबार, १९ जुन २०२६

‘कर्म नै हिन्दु धर्मको मूल आधार हो’

ओम आचार्य

ओम आचार्य

काठमाडाैं
News Image
• • •

हिन्दुहरूले हिन्दु भक्त/ ऋषि मुनीहरू महापुरुष सन्तहरूलाई पनि देवतुल्य भक्तिको रुपमा हेर्छन्।

देवी/देवताहरूको जस्तै यी महात्माहरूको पनि अनेक मन्दिर निर्माण भएका छन्। जहाँ सयाैं भक्तहरु प्रतिदिन पुजा गर्छन् र साधुसन्तका सम्बन्धित स्थान पनि तीर्थ स्थानको जस्तै पुज्य मानिन्छ।

सम्पूर्ण नेपालमा यस्तो प्रकारको सानो ठुलो मन्दिर र पवित्र स्थानबाट हिन्दुहरूको दैनिक जीवनमा आध्यात्मिक पोषण मिल्छ।

नेपालका नदीहरूलाई पनि पवित्र मानिन्छ र हिन्दुको मान्यता छ कि विशेष पर्व एंवम तिथिहरूमा ति नदीहरूमा स्नान गर्दा अन्तकरणको पवित्र र आध्यात्मिक उन्नती हुन्छ।

यसै महत्वलाई बुझेर नेपाल सरकारले पनि बाग्मती सफाइ अभियान चलाएको हो भने भारत सरकार पनि गंगा सफाइमा लागेको हो।

नेपालमा अधिकारिक रुपमा नियमित पंचाङ्ग निकाल्ने गरिएको छ र त्यो हिन्दु पंचाङ्ग नै हो र त्यसमा भिन्नभिन्न देवी/देवताको उपसना तिथिहरूले भरिएको छ। यो हिन्दु धर्मको लागि महत्वपूर्ण छ।

हिन्दु धर्म सबै धर्मको एकतालाई मान्छ

हिन्दु धर्मको मान्यता छ कि यो धर्मसम्म पुग्न अनेक बाटोहरू छन् र ती धर्म पथहरूलाई स्वीकार गर्ने मात्र हैन स्वागत पनि गर्छ। किनभने विभिन्न व्यक्तिगत मागहरूको आवश्यकतालाई जान्दछ, प्रत्येक व्यक्तिकाे रुची मानसिक वनावटको संस्कारयुक्त झुकावको विविधतालाई सम्झेर हिन्दु धर्म उनीहरूकाे अनुकुलता अनुसार सबैकाे लागि पथ प्रशस्त गर्छ।

यसै कारणले हिन्दु धर्म प्रत्येक विविध प्रणालीलाई मात्रै स्वीकार गर्दैन अपितु सबैलाई एउटै सत्यसम्म पुर्याउँछ। यस्तो विश्वास गर्छ। यो नै हिन्दु धर्मको उदार दृष्टी र सर्वभौमिकताको परिचय हो।

सर्वधर्म सहिष्णुता शब्दले हिन्दु धर्मको सही अर्थमा चित्रित गर्दैन वास्तवमा हिन्दु धर्ममा सर्वधर्म स्वीकृत छ, सबै धर्मको प्रेरणा एंवम लक्ष्य एक मात्र ईश्वर छ भन्ने कारणले हिन्दु धर्म त्यसलाई पूर्ण स्वीकार छ। 

हिन्दु धर्म सबै धर्मको एकतालाई मान्द छ। धर्मको नाममा कसैसँग विरोध छैन। हिन्दु धर्मको आत्मामादुराग्रह संकीर्णता र वैशिष्ट्यताको बोध छैन।

हिन्दुधर्ममा सर्वधर्म समाहार छ र हिन्दु धर्मको बल केबल यसैमा छ। प्रत्येक व्यक्ति आ–आफ्नो धर्ममा/ पथमा इमान्दारी पुर्वक श्रध्दा एंवम निष्ठा र अडिग पूर्वक चलोस्।

हिन्दुधर्मको सार्वभौम तत्व

आकाशबाट झरेको प्रत्येक पानीको थोपा अन्तत सागरमा मिसिन्छ। त्यस्तै विविध देवी देवताहरूको पुजा उपासनाको गन्तव्य एउटै हो सबै धर्मप्रति हिन्दुहरूको मुलभुत दृष्टिकोण नै यही हो। 

यो दृष्टिकोण वैदिक वाङ्मय जतिक्कै प्राचीन हो, यो उदार भावको घोषणा वेदले सबैभन्दा पहिले एकं सद् विप्रा बहुधा वदन्ति भनिसकेको छ।
त्यसपछी हिन्दुधर्मलाई समग्रतामा चित्रित गर्ने ग्रन्थ श्रीमद्भगवद्गगितामा भगवान श्रीकृष्णले पुनः उदघोष गर्नुभयो।

'मानिसले जुन भावबाट मेरो आश्रय लिन्छन म त्यही भावबाट ग्रहण गर्छु।'

जति मत त्यतिनै पथ ईश्वर एउटै हो र सबै धर्म अन्ततः लक्ष्यमा पुग्छन्।
यो नै सत्य हो हिन्दुधर्मको मुलभुत सिध्दान्त र सार्वभौमिकता हो।

कर्म नै हिन्दु धर्मको मूल

सबै मंगलकारी शक्तिहरूलाई एकत्रित गर्नूस्, कुन झण्डाको मुनि तपाईं अग्रसर हुनुहुन्छ, त्यसकाे प्रवाह नगर्नुस् तपाईंको झण्डाको रंग निलो/ हरियो/ रातो/ कुनै पन हुनसक्छ। यसकाे प्रवाह नगर्नूस् बरू, सबै रंगलाई मिलाउनुस् र त्यसमा अत्युज्जवल सेतो रंग निर्माण गर्नुस्। जुन प्रेमको रंग हो।

हामीले कर्म गर्नुपर्छ फल त आफैं हुँदै जान्छ। यदी कुनै सरकारी वन्धनहिन्दु राज्य बनाउन बाधक छ भने तपाईहरूको आत्मशक्तिकाे सामुन्ने आफैं घुडा टेक्छ।
 
सनातन धर्म/वैदिक धर्म

प्राचीन वाङ्मयमा हिन्दु धर्मको समानार्थी कुनै शब्द पाइँदैन। त्यसमा सनातन धर्म/ वैदिक धर्मको प्रयोग पाइन्छ। वेद/उपनिषदमा वर्णित सनातन धर्म तथा वैदिक धर्मको ठाँउमा अब हिन्दु धर्म स्वीकृत भैसकेको छ। र, यो हिन्दु धर्मको प्रयोग पनि पर्याप्त प्राचीन हो। र, वर्तमान नेपालीहरूद्वारा स्वीकृत यो शब्दकाे प्रयोगमा कुनै असंगति छैन।

हिन्दु धर्म आज विश्वको प्रमुख जीवन्त धर्महरूमा एक हो र सबैभन्दा धेरै प्राचीन पनि हो।बौद्ध, इसाई एवं इस्लाम धर्मकै जस्तो हिन्दु धर्म कुनै अवतारी पुरुष या धर्माचार्यको शिक्षाद्वारा गठित भएको हैन।

यसकाे अस्तित्व कुनै व्यक्ति विशेषकाे  शिक्षाको ऋणी पनि छैन यो त प्रमाणिक वाङ्मय वेदमा आधारित छ। 

गीताले हिन्दुधर्मको समग्रतामा प्रतिपादित गरेको छ र आधुनिक आध्यात्मिक नेपालको निर्माण भगवतगिता कै आधार हो।

इस्लाम एंवम इसाइ धर्मको जस्तै हिन्दु धर्म एउटै विचार लिएर हिँड्दैन यसो भन्दा अझ राम्रो होला हिन्दु धर्म अन्य सबै धर्मद्वारा प्रतिपादित जीवन जगत सम्बन्धित अन्तरव्यापी अन्तिम सत्यको प्रतिनिधित्व गर्छ।

हिन्दु धर्मले कुनै एक धार्मिक सम्प्रदाको कट्टर प्रतिबद्धता र कुनै एक सम्प्रदा विशेषमा हिँड्ने मानवीय विवशतालाई आग्रह गर्दैन। हिन्दु धर्मले एउटै सत्यको उपलब्धिको विभिन्न उपाय र त्यसकाे प्रमाणिकतालाई स्वीकृत र आदर गर्छ।

हिन्दु धर्म र यसकाे व्यापकता

जबसम्म मानिसले सामाजिक नियमको पालना गरिरहेका हुन्छन् तबसम्म कुनै पनि इष्टदेवता मानेकै कारणले या नास्तिक या अज्ञेयवादी भएकै कारणले पीडित गरिएको छ?

समाजले कसैलाई कुनै सामाजिक नियम भंग गरेको अपराधमा शासित गरोस् तर प्रत्येक मान्छेलाई अति निच पतित नै किन नहोस् उनीहरूको लागि पनि हिन्दुधर्ममा मोक्षमार्ग कहिल्यै पनि बन्द गरिएको छैन। 

संसारमै भएका धर्महरूमध्ये हिन्दुधर्म नै यस्तो धर्म हो, जहाँ अन्य धर्मको तुलनामा एक भाव विशेष बढी हुन्छ। सयाैं जीवनमा लगातार प्रयत्न गर्नुस् युगौंयुग आफ्नो अन्तरमनमा खोज्नुस्। त्यहीपनि तपाईं यस्तो उदार धार्मिक विचार देख्नुहुन्न तर हिन्दु धर्ममा आध्यात्मिकताको त्यो अनन्त खानीमा पूर्व देखिन्नै हिन्दुधर्ममा अन्तर्निहित छ। र, साच्चै भन्ने हो भने
हिन्दुहरू संसारको अन्य जातिको तुलनामा अपेक्षाकृत नैतिक आचारमा अत्यधिक उन्नत भएको पाइन्छ।

जगत गुरु शंकराचार्य र वैदिक सनातन धर्म

आचार्य शंकरले तत्कालीन समयमा सम्पूर्ण भारतमा वैदिक सनातन धर्मको ह्रास बलहीन विध्वंस र छिन्नभिन्न भएको अवस्थामा हिन्दु वैदिक सनातन धर्मको प्रचारप्रसार गरेर सम्पूर्ण नकारात्मक विचारलाई
केबल हिन्दु धर्मले मात्रै अर्थात् आध्यात्मिक सत्यको मुल आधार केबल सनातन वैदिक धर्मको महाशक्तिले मात्रै रोक्न सक्ने बताए। 

उनकाे प्रतिभा अपूर्व थियो। साधना अलौकिक उनको तेजस्विता तथा दिव्य ज्ञानको फलस्वरूप हिन्दुधर्म ह्रास हुनुबाट बच्याे। विश्वनाथ मन्दिरकाे पुनः स्थापना बद्रीनाथमा नारायणको विग्रह स्थापना
जगन्नाथमा पनि विग्रहको स्थापनालगायत हिन्दु धर्मको जीवन दिँदै प्रचार प्रसारमा जुटी रहे।

भारतको चारै दिसामा आचार्य शंकरले चार पिठको स्थापना गरे। र, यी चारै किल्लाले आज भारत सुरक्षित छ भने अर्कोतिर हिन्दु धर्मको प्रचार प्रसार पनि यिनै मठको दायित्वमा आएको छ। आचार्य शंकरले नै वैदिक धर्म राज्य स्थापना गरेका हुन्।

पशुपतिनाथ र शंकराचार्य

पशुपतिनाथमा पुजार्चना बन्द भयो हिन्दु धर्मको पूर्ण अवहेलना भइरहेको थियो, मन्दिरको पवित्रतालाई नष्ट गरिएको थियो। 

धर्म विरोधीहरूले मन्दिरभित्र अपवित्र वस्तु फ्याँकेर मन्दिरलाई भ्रष्ट गरेका थिए। आचार्य शंकरले नै आएर मन्दिरको मार्जन र पुजाको आदेश दिए। र, देवताको पुजा र बन्दनामा ध्यान मग्न भएर सम्पूर्ण शिष्यहरूको उपस्थितीमा पशुपतिकाे पुजार्चनामा संलग्न हुँदै जय ध्वनीको दसैंकाे दिनमा प्रतिध्वनि गुन्जेकाे थियो।

र, नेपालमा हिन्दु जागरणको नवजागरण आयो। पशुपतिकाे जिर्णोद्वार शास्त्र सम्मत पुजा नियमित रुपमा गराउन विद्वान ब्राह्मण नियुक्त भए साँच्चै भन्ने हो भने अहिलेसम्म संसारमा जतिपनि धर्म प्रचारित भए त्यसमा अधिकांश प्रधान त राजशक्तिकाे पृष्ठपोषकतामा नै वृद्धि भएका छन् तर हिन्दु धर्म एक मात्र वैदिक सनातन धर्मको प्रचार त्यसकाे अपवादमा देखापर्छ।

आचार्य शंकर वैदिक धर्मको झन्डै लिएर आत्माशक्तिकाे बलले अगाडि बढेका थिए। आचार्य शंकरको पछाडि सेनाको पदध्वनि थिएन बन्दुक र गोली पनि थिएन मात्रै वेदध्वनि थियो मनत्रोचारण थियो, देव–देवताहरूको भजन र किर्तन थियो।

अब कुरा गराैं, मुख्य विषयबारे

भारतमा ४ पिठाधीश हुँदाहुँदै नेपालमा १ अर्को पिठाधीशको आवश्यकता किन भयाे?

यो कुरा मनन योग्य छ, नेपालमा कालान्तरमा धार्मिक संकट आउने संकेत देखेरै दूरदर्शी धर्म गुरु शंकराचार्यहरूले नेपालमा पनि धर्म रक्षाका लागि चतराका हाम्रा पुज्य गुरू बालसन्तलाई जगतगुरु शंकराचार्य घोषण गरे।

यो संयोग हैन पूर्व नियोजित विधिकाे विधान हो। यसरी बुझ्नुस्
बाल सन्त ज्यूलाई मात्रै शोभाका लागि मानका लागि उहाँको नाम अगाडि विशेषण आएको हैन। 

अब उहाँमाथि माथि ठुलो दायित्व आएको छ।

आदी गुरु शंकराचार्यको पथ यात्रामा आफ्नो पथ मिलाउनु र नेपालमा वैदिक सनातन हिन्दु धर्म रक्षाको लागी मुक्तिनाथ पिठाधीश कमलनयनचार्य कालीबाबालगायत थुप्रै धर्म गुरूलाई समेटेर हिन्दु धर्मको प्रचारप्रसार गरेर समपूर्ण नेपालीलाई जागरुक गरेर हिन्दु राज्य स्थापनाको महान लक्ष्यमा एकिकृत गर्नु नेतृत्व लिनु नै शंकर पथ हो।

अहिले निरपेक्षको प्रसारमा राजनैतिक शक्तिकाे पृष्ठपोषकतामा वृद्धि भएको अवस्थामा जगतगुरु शंकराचार्य वालसन्त ज्युले वैदिक झन्डै उठाउनुस् वेदध्वनि पैदा गर्नुस्, मनत्रोचारण गराउनुस्, भजनपाठ गराउनुस् र हिन्दु राष्ट्रको लागि जागरुप गराउनु नै नाम अगाडिको यो विशेषण सार्थक रहने छ। जय हिन्दु राष्ट्र

लेखक ओम आचार्य नेपाल महाविद्या साधक परिवारका अध्यक्ष हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!