ओम आचार्य
नेपाली कांग्रेस विशेष महाधिवेशनपछि संस्थापन र इतर समूहमा विभाजित भएको छ। विशेष महाधिवेशन हुने परिस्थिति निर्माण भएदेखि नै कांग्रेसभित्र कलह देखिएको थियो त्यो कलह अधिवेशनपछि चरम सीमामा पुगेर पार्टी फुट्छ कि भन्ने अवस्थामा पुगेको चर्चा स्वयं कांग्रेसभित्र हुने गरेको छ।
संस्थापनले १५औं महाधिवेशन गर्ने तिथि मिति जारी गरेपछि त्यसलाई रोक्न सर्वोच्च पुगेका इतर समूहको माग सर्वोच्च अदालतले अस्वीकार गरेपछि अहिले संस्थापनलाई केही दिन १५औं महाधिवेशन पर सार्न दबाब दिदै छन्। यदि यस्तो भएन भने पार्टी फुट्नबाट कसैले रोक्न नसक्ने भनेर संस्थापनका केही नेताहरू भन्दै आएका छन्। संस्थापन र इतर समूहभित्र केही नेताहरूको भाषा र शैली हेर्दा पार्टीभित्र कांग्रेसलाई एक बनाउने भन्दा पनि कलहलाई अरु भड्काउने रुपमा आएको देखिन्छ।
डा. शेखर कोइरालाले विशेष महाधिवेशन पछि संस्थापन र इतर समूहलाई मिलाउन कांग्रेस एक बनाउन मध्यस्थताको भूमिका निर्वाह गरेर संवादहीनको अवस्थामा रहेको कांग्रेसलाई संवादको स्थितिमा पुर्याएका छन्। डा. शेखरले पूर्वसभापति शेरबहादुर देउवा र विशेष महाधिवेशनपछिका सभापति गगन थापासँग पनि संवाद गर्दै ५ बुँदे प्रस्ताव संस्थापन समूहमा राखेका छन्। पार्टी एक बनाउन आफू हदैसम्म तयार हुँदै पार्टी एक बनाउनका लागि आफूले केही त्याग गर्नुपर्छ भने गर्न तयार रहेको बताएका छन्।
अहिले इतर समूहबाट पूर्णबहादुर खडका र मध्यस्थताको भूमिका निर्वाह गरेका डा. शेखर कोइराला अन्तिम समयमा कांग्रेस मिलाउन सक्रिय रहेको देखिन्छ।
पुनरावलोकनको फैसला अगाडि नै मिल्नु पर्छ।
अहिले कांग्रेसभित्र गहिरो र जटिल समस्या छ। कांग्रेसमा अहिले रहेको विधमान अवस्था मै अदालतबाट पुनरावलोकनको फैसला भए कांग्रेस निस्चित रुपमा फुट्ने अवस्था छ। चाहे त्यो फैसला संस्थापनको पक्षमा होस् या इतर समूहको पक्षमा। अहिले यो डर संस्थापनलाई छ या छैन? तर डा. शेखरलाई त्यो डर छ र उनी फैसलापूर्व नै कांग्रेस मिलाउनेमा प्रयत्नशील छन् र भन्ने गरेका छन्, ‘तपाईहरू ढुक्क हुनुस् कांग्रेस फुट्दैन।’ इतर समूहलाई त्यो डर पनि छ पार्टी फुटको दोष पनि दुवै छ। पुनरावलोकनको सर्वोच्चबाट फैसला आउनुपूर्व कांग्रेस एक बनाउन सके संथापन र इतर समूह दुवै एक ठाउँमा आउन सक्छ्न र १५औं महाधिवेशनमा सबैको सहभागिता हुँदै सफलतापूर्वक सम्पन्न हुनेछ।
अहिले इतर समूहको आन्तरिक रणनीति भनेको पुनरावलोकनको फैसलापूर्व संस्थापनसँग वार्ता लम्ब्याउँदै कसरी सहमति गर्न सकिन्छ भन्ने प्रस्ताव राखि सहमतिको प्रयास गर्ने देखिन्छ। र यसरी सहमति भएपश्चात संस्थापन भनिएको समूह पनि पुनरावलोकनको फैसला देउवा समूहमै भए पनि गगन समूहले अलग पार्टी खोल्ने या पार्टी छोडेर जाने सम्भावना नदेख्नु नै हो।
र अर्कोतिर संस्थापन समूहकै पक्षमा फैसला भएपनि फैसलापूर्व कांग्रेसमा संस्थापन र इतर समूहको सहमति भए अहिले भनिएको इतर समूहले पनि अलग पार्टी खोल्ने सम्भावना देखिदैन। कांग्रेसमा यही परिस्थिति बनाउन या सिर्जना गर्न डा. शेखर प्रयत्नशिल हुदै मध्यस्थताको पात्रको भूमिका निर्वाह गरिरहेका छन्।
कोइराला निवास जसले कांग्रेसको इतिहास र विरासत बोकेको छ। त्यो निवास अहिले कोइराला परिवारभित्रबाट डा. शेखरमा आइपुग्नु यौटा संयोग मात्रै हो भनेर बुझ्दा डा. शेखरमा अन्याय हुनेछ। किनकी अहिले कांग्रेस एक बनाउन जुन सहमतिको प्रयास गरिरहेका छन्, त्यसले जर्जर र कमजोर भएको कांग्रेस बचाउने कोइराला परिवारभित्रबाट डा. शेखर नै हुने देखिन्छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया