आइतबार, २९ जुन २०२५

इरानी आणविक केन्द्रहरूमा गरिएको आक्रमणको अमेरिकाभित्रै विरोध

अमेरिकाले इरानका तीन आणविक केन्द्रहरूलाई निशाना बनाएर गरेको आक्रमणको अमेरिका भित्रै विरोध सुरु भएको छ। इजरायल-इरान युद्धमा अमेरिका प्रवेश गरेको छ। आइतबार अमेरिकाले इरानका तीन आणविक केन्द्रहरूमा आक्रमण गरेको अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

इजरायल-इरान द्वन्द्वले आकासियो तेलको भाउ

इजरायल र इरानबीचको तनाव बढ्दै जाँदा मंगलबार विश्वव्यापी रुपमा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ। जुलाई डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएट न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३.०७ अमेरिकी डलर वा ४.२८ प्रतिशतले बढेर प्रति ब्यारेल ७४.८४ डलरमा स्थिर भएको छ। यसैबीच, अगस्ट डेलिभरीको लागि ब्रेन्ट क्रूडको मूल्य लन्डन आईसीई फ्युचर्स एक्सचेन्जमा ३.२२ डलर वा ४.४ प्रतिशतले बढेर ७६.४५ डलर प्रति ब्यारेलमा स्थिर भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानद्वारा इसराइलको सबैभन्दा ठूलो ‘तेल प्रशोधन केन्द्र’मा मिसाइल प्रहार

जारी तनावका बीच इरानले इरानले इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको छ। गएराति इरानले उत्तरी इसराइलको हाइफा बेमा रहेको तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ। तेल प्रशोधन केन्द्रको हमलाका भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इजरायली हमलामा २२४ इरानी मारिए, २४ सय बढी घाइते

इजरायलले गरेको सैन्य कारबाहीमा तेहरानको आवासीय क्षेत्रमा ठूलो मात्रामा क्षति भएको इरानको परराष्ट्र मन्त्रालयले जनाएको छ। इजरायली आक्रमणमा इरानको परराष्ट्र मन्त्रालयको भवनमा समेत क्षति छ। रानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पनि आक्रमणको पुष्टि गरेका छन्। तर भवनमा सामान्य क्षति पुगेको र कर्मचारीहरूलाई कुनै चोटपटक नलागेको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाइलटको त्यो अन्तिम कलः ‘मैले थ्रस्ट पाइरहेको छैन, पावर घट्दैछ, हामी बाँच्दैनौं होला…’

भारतको अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटनामा पाइलट सुमित सभरवालले एटीसीलाई पठाएको अन्तिम कल बाहिरिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनाको अन्तिम समयमा पाइलटले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई पठाएको ४-५ सेकेन्डको सन्देशमा विमानले थ्रस्ट नपाइरहेको र विमान उठ्न नसकेको जानकारी गराउँदै अब आफूहरू नबाँच्ने संकेत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - अहमदावाद

एअर इण्डिया दुर्घटना अपडेटः एक यात्रुको जीवितै उद्दार

भारतको गुजरातस्थित अहमदाबादमा भएको एअर इण्डियाको विमान दुर्घटनामा एक यात्रुको सकुशल उद्दार गरिएको छ। भारतीय टेलिभिजन आजतकका अनुसार दुर्घटनामा विमानमा सवार एक भारतीय मुलका ब्रिटिश नागरिकको सकुशल उद्दार गरिएको भारतीय प्रहरीले जनाएको छ। दुर्घटनामा बाँच्न सफल यात्रुमध्ये एकजना भारतीय मुलका ब्रिटिश नागरिक रमेश विश्वासकुमार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको अस्पतालनमा उपचार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अहमदावाद

अपडेटः एअर इण्डियाको विमान दुर्घटनास्थलबाट १०० शव निकालियो…

भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको स्थानबाट १०० बढी शव निकालिएको भाष्कर डटकमले जनाएको छ। २३० यात्रु र चालकदलका १२ सहित २४३ यात्रु बोकेर अहमदाबादबाट लण्डनका लागि उड्ने क्रममा बोइङ ७८७-८ ड्रिमलाइनर विमान उड्नेबित्तिकै क्र्यास भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - अहमदावाद

भारतमा भयानक विमान दुर्घटना, २४२ यात्रु बोकेर जाँदै थियो लण्डन…

भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। २४३ यात्रु बोकेर अहमदाबादबाट लण्डनका लागि उड्ने क्रममा बोइङ ७८७-८ ड्रिमलाइनर विमान उड्नेबित्तिकै क्यास भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अहमदावाद

इजरायलले गाजामा अत्याचार गरिरहेको जर्मनीको निष्कर्ष, कडा कदम चाल्ने चेतावनी

गाजामा अत्याचार गरिरहेको भन्दै जर्मनीका विदेशमन्त्रीले इजरायलविरुद्ध विशेष कदम चाल्ने चेतावनी दिएका छन्। विदेशमन्त्री जोहान वाडेफुलले प्रसारक डब्ल्यूडीआरलाई दिएको अन्तर्वार्तामा इजरायलको ठूला हवाई आक्रमणहरूका कारण खाद्यान्न तथा औषधिको अभावले गाजाको अवस्थालाई असह्य बनाएको भन्दै जर्मनीले इजरायललाई दिने ऐतिहासिक समर्थनलाई हतियारको रूपमा प्रयोग नगर्न चेतावनी दिएका हुन्। उनले गाजामा मानवीय कानुन उल्लंघन गर्न प्रयोग हुने हतियार निर्यात नगर्ने पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दक्षिणी गाजास्थित अस्पतालमा इजरायली सेनाको आक्रमण, २८ जना मारिए

इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान गएको छ। आक्रमणबाट दर्जनौँ घाइते भएका छन्। पछिल्लो २४ घण्टामा दुई अस्पतालमा आक्रमण भएको हो। गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको बताइएको छ। पछिल्लो १० सातामा त्यहाँ खानेपानी, औषधि र अस्थायी टेन्टको पनि व्यवस्था छैन। संयुक्त राष्ट्रसङ्घीय राहत प्रमुख टम फ्लेटचरले अहिलेको नरसंहार रोक्नका लागि अन्तर्राष्ट्रिय निकायले नै पहल गर्नुपर्ने कुरामा जोड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानलाई ‘हमासकै अवस्थामा पुर्‍याइदिने’ इजरायलको चेतावनी

इजरायली रक्षामन्त्री काट्जले इरानलाई पनि हमासको अवस्थामा पुर्‍याउने चेतावनी दिएका छन्। इरान समर्थित हुथी विद्रोहीले बेन गुरियन विमानस्थलमा गरेको आक्रमणको केही दिनपछि इजरायलको यस्तो चेतावनी आएको हो। ‘म इरानी नेताहरूलाई चेतावनी दिन चाहन्छु, अब छद्म प्रणाली समाप्त भएको र दुष्टताको धुरी ध्यस्त भएको छ इजरायलले हतियार बनाउने, शोषण गर्ने र हुथी आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गर्ने जो कोहीविरूद्ध कारबाहीमा उत्रनेछ,’ काट्जले एक विज्ञप्तिमार्फत भनेका छन्। उनले थपेका छन्, ‘तपाईंहरू प्रत्यक्ष रूपमा जिम्मेवार हुनुहुन्छ। बेरुतको हिजबुल्लाह, गाजाको हमास, दमास्कसमा अहिले अपदस्थ सिरियाली राष्ट्रपति बशर अल असदलाई हामीले जे गरेका छौँ, तेहरानमा पनि त्यस्तै हुनेछ।’ हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलविरुद्ध अभियान सञ्चालन गर्ने क्रममा आइतबार तेल अभिभ नजिकै रहेको इजरायलको मुख्य विमानस्थलमा आक्रमण गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाद्वारा आफ्ना नागरिकलाई भारत-पाकिस्तान सीमामा नजान निर्देशन जारी

अमेरिकी विदेश मन्त्रालयले भारत-पाकिस्तान सीमा नजिकका क्षेत्रहरू र नियन्त्रण रेखा नजिकका स्थानहरूमा यात्रा नगर्न आफ्ना नागरिकहरूलाई निर्देशन जारी गरेको छ। सीमा क्षेत्रमा आतङ्कवाद र सशस्त्र द्वन्द्वको सम्भावनाका कारण यात्रा नगर्न मन्त्रालयले अनुरोध गरेको हो। साथै, मन्त्रालयले पाकिस्तानको अन्य क्षेत्रहरूमा पनि यात्रा पूनर्विचार गर्न आग्रह गर्दै ‘रिकन्सिडर ट्राभल’ सल्लाह दिएको छ। भरत-पाकिस्तान ‘ड्रोन र मिसाइल’ युद्ध चलिरहँदा पाकिस्तानमा रहेको अमेरिकी दूतावासले पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई र पाकिस्तान यात्रा गर्न चाहने यात्रुहरूलाई यात्रा पुनर्विचार गर्न बिहीबार ट्राभल एडभाइजरी जारी गरेको हो। दूतावासले पाकिस्तान र भारतबीचको अवस्था परिवर्तनशील भइरहेकाले यसको विकासक्रमलाई नजिकबाट अनुगमन गरिरहेको जनाउँदै यस्तो सूचना जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

पाकिस्तानले भारतसँग बदला लिन सेनालाई दियो ‘खुला छुट’

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले बुधबार देशको शीर्ष राष्ट्रिय सुरक्षा निकायले आफ्नो सशस्त्र सेनालाई पाकिस्तानी भूभागमा भएको भारतीय आक्रमणको प्रतिक्रियामा ‘सोही प्रकृतीको कारबाही’ गर्ने अधिकार दिएको बताएका छन्। प्रधानमन्त्री शरिफले राष्ट्रिय सुरक्षा समितिको बैठकको अध्यक्षता गरेपछि एक विज्ञप्ति जारी गर्दै उनको सचिवालयले भनेको छ, ‘पाकिस्तानको सशस्त्र बललाई यस सम्बन्धमा सम्बन्धित कारबाही गर्न विधिवत रूपमा अधिकार दिइएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघको बडापत्रको धारा-५१ अनुसार, पाकिस्तानले निर्दोष पाकिस्तानी जीवनको क्षति र आफ्नो सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घनको बदला लिन आफ्नो रोजाइको समय, स्थान र तरिकामा आत्मरक्षामा प्रतिक्रिया दिने अधिकार सुरक्षित राख्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

पाकिस्तानमा भीषण ‘असिना वर्षा’ले उत्पात

बुधबार साँझ पाकिस्तानमा असिनासहितको भारी वर्षा भएको छ। भारी वर्षा र असिनापानीले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागमा विनाश मच्चाएको छ। इस्लामाबादमा भएको भीषण असिना वर्षाले सयौं गाडी, घर र अन्य सम्पत्तिमा व्यापक क्षति पुर्‍याएको छ। सडकहरूमा पानी जमेको, गाडीका सिसा फुटेका र सोलार प्यानलहरू नष्ट भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

म्यानमार भूकम्पः मृत्यु हुनेको संख्या ३ हजार ६ सय नाघ्यो

म्यानमारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजार ६०० पुगेको छ। भूकम्पमा परी ५ हजार १७ जना घाइते भएका छन्। भग्नावशेषमा पुरिएका १६० जना अझै बेपत्ता छन्। म्यानमारको राज्य प्रशासन परिषद्का अनुसार मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ। मार्च २८ मा स्थानीय समयअनुसार १२ः५१ बजे म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको कडा धक्का थाइल्यान्डमा पनि महसुस गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - म्यान्मार

आलोचना खप्न नसकेर भुटानी प्रधानमन्त्रीले हटाए बर्मेली तानाशाहसँगकाे तस्बिर

भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले म्यान्मारका तानाशाही सैन्य शासक मिन आङ हाइङसँगको भेटवार्ताको तस्बिर सामाजिक सञ्जालबाट हटाएका छन्। अप्रिल ३ र ४ मा थाइल्याण्डको बैंककमा आयोजित दुई दिने बिमस्टेक बैठकमा म्यान्मारका सैन्य शासकसँग प्रधानमन्त्री तोब्गेले भेटवार्ता गरेका थिए। अप्रिल ४ मा तोब्गेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको बर्मेली शासकसँगको तस्बिरमा बर्मेलीहरूले व्यापक आक्रोश र आलोचना गरेपछि उनले सामाजिक सञ्जालबाट तस्बिर नै हटाएका छन्। पोस्टमा भुटानी प्रधानमन्त्रीले मिन आङ हाइङसँग भेट्न पाउँदा खुसी लागेको र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन काम गर्ने बताएका थिए। आलोचना बढ्दै गएपछि भुटानी प्रधानमन्त्रीले म्यान्मारका सैन्य तानाशाहसँगको भेटको फेसबुक पोस्ट अप्रिल ५ को बिहान हटाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘तल्लोबाटो’ आएर नागरिकता लिएका पनि ट्रम्पको निशानामा, नेपालीहरू पनि मारमा !

परेका देशबाट केवल व्यापारिक उद्देश्यको लागि मात्र प्रवेश पाउने र ‘एल्लो’ लिस्टमा परेका देशहरूले ६० दिनभित्र अमेरिकी चाहनाअनुसारको सुरक्षाकर्मी हटाउनु पर्ने र यदि त्यस्तो भएन भने स्वतः ‘रेड’ लिस्टमा पर्ने विदेश विभागले जनाएको छ। ‘रेड’ लिस्टमा परेका देशहरूमा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुयला र यमन छन्। त्यस्तै ‘अरेन्ज’ लिस्टमा बेलारुस, इरिट्रिया, हैटी, लाओस, म्यान्मार, पाकिस्तान, रुस, सियोरालियोन, दक्षिण सुडान र तुर्किमिनिस्तान छन्। त्यसैगरी ‘एल्लो’ लिस्टमा पर्ने देशहरूमा अङ्गोला, एण्टिगुवा र वार्बुडा, बेनिन, बुर्किनाफासो, क्यामरुन, केपवर्डे, चाड, कङ्गो गणतन्त्र, कङ्गो लोकतान्त्रिक गणतन्त्र, डोमिनिक, इक्वेटोरियल गिनी, गाम्बिया, लाइबेरिया, मलाबी,माली, मौरीटानिया, सेन्ट किट्स र नेविस, साओटोमे र प्रिन्सिपे, भानुआटु, जिम्बाबे र सेन्ट लुसिया छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिको महाअभियोग खारेज, पदमा पुनर्बहाली

दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री हान डक-सु को महाअभियोग खारेज गरेको छ। सोमबार अदालतले महाभियोग लगाउन संसदले दर्ता गरेको प्रस्तावलाई अस्वीकार गरेको हो। महाअभियोग खारेज भएलगत्तै हानलाई प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिको रूपमा पुनर्स्थापित गरिएको छ। तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग लागेपछि प्रधानमन्त्री हान कार्यबाहक राष्ट्रपति बनेका थिए। उनलाई पनि महाअभियोग लागेपछि निलम्बित भएका थिए। अदालतका कार्यवाहक प्रमुख मुन ह्युङबेले पाँच न्यायाधीशले यसलाई अस्वीकार गरेका र बाँकी दुई न्यायाधीशको खारेजीको रायको बीचमा एक जनाले मात्र यसलाई समर्थन गरेपछि प्रस्ताव खारेज भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सियोल

चुनावको मुखमा टर्कीका विपक्षी नेता पक्राउ, विरोध प्रदर्शन चर्कियो

प्रदर्शनकारीहरूले सडक, विश्वविद्यालय र मेट्रो स्टेसनहरूमा सरकारविरोधी नाराबाजी गरेका छन्। पक्राउ परेपछि, इस्तानबुल गभर्नरको कार्यालयले चार दिनका लागि सबै प्रकारका बैठक, प्रदर्शन र प्रेस विज्ञप्तिमा प्रतिबन्ध लगाएको छ भने इस्तानबुलका धेरै सडकहरू बन्द गरिएको छ। २२ वर्षदेखि सत्तामा रहेका राष्ट्रपति रेसेप तैयप एर्दोगानविरुद्ध प्रदर्शनहरू चर्किदै गएका छन्। रिपब्लिकन पिपुल्स पार्टीले पक्राउलाई ‘देशको अर्को राष्ट्रपति विरुद्धको विद्रोह’को रूपमा लेबल लगाएको छ। मार्च २३ मा हुने प्राथमिक चुनावमा इमामोग्लुलाई रिपब्लिकन पिपुल्स पार्टीको राष्ट्रपति पदको उम्मेदवारको रूपमा औपचारिक रूपमा छनोट गरिने अपेक्षा गरिएको छ। उनलाई रिहा गरिन्छ कि गरिँदैन भन्ने कुराले उम्मेदवारीको विषय पेचिलो बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इस्तानबुल