सोमबार, ०९ जुन २०२५

जीवन र समस्यासँग लडिरहेकाहरूको कथा ‘के घर के डेरा: घर नं २’

हरेक मानिसको जीवनमा एउटा घर बनाउने सपना हुन्छ। जिन्दगीभर कडा मेहनत र परिश्रम गरेर घर बनाउने ठूलो रहर बोकेर कैयौं युवा शहर पसेका हुन्छन् भने कतिपय युवा खाडी भासिएका छन्। यो पछिल्लो समयको यथार्थता पनि हो। एउटा घर होस्, सानो परिवार होस् र परिवारका हरेक सानातिना खुशी, रहर र आवश्यकता पुरा गर्न सकुँ भन्ने सबैको चाहना हुन्छ। तर त्यही घर बन्न जसरी पैसासँगै घर बनाउने विविध सामग्रीको आवश्यकता हुन्छ त्यसरी नै परिवार वा सम्बन्धलाई मजबुत बनाउन पनि माया, विश्वास र भरोसाको आवश्यकता हुन्छ। घर मात्र भएर पनि हुँदैन। सम्बन्धभित्र दरार आएपछि त्यो घर भत्किन धेरै समय लाग्दैन। त्यसपछि आफ्नै घर अनि सम्बन्ध नै मसानघाट लाग्न थाल्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांस्कृतिक र जातीय विभेदको चेपुवामा परेको प्रेमकथा: उनको स्वीटर

पाँचथरको लिम्बू बाहुल्य रहेको समाजको परिवेश, चालचलन र परम्पराबीच केही काफ्ले थरका बाहुन परिवारबीचको सामाजिक घुलनको कथा हो उनको स्वीटर। काफ्ले थरको बाहुन केटो र पाँचथरको लेककी गुरुङ्सेनीको प्रेम कथा हो उनको स्वीटर। चलचित्रको शुरुमा कथा अलिक गिजिङमिजिङ र बुझ्न गाह्रो जस्तो छ तर बिस्तारै कथा सललल बग्छ। लिम्बू बहुल समाजका बाहुनहरूको बोलीको लवज लिम्बूकै जस्तो सुनिँदा रमाइलो लाग्छ। कथाका हरेक पात्र र परिवेश  जिवन्त छन। चलचित्र हेरिरहे जस्तो कहीँ कतै लाग्दैन, बरु दर्शक स्वयम् त्यहि ठाउँमा पुगेको भान हुन्छ। गुरुङसेनी केटी र बाहुन केटोका प्रेम प्रसंगका दृष्य रमाइला छन्। विपिन कार्की र मिरुना मगरले पात्रमा प्राण भरेका छन। विपिन कार्कीको अभिनयले दर्शकलाई कहीँ हसाउँछ कहीँ रुवाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पिताम्बरः बदला, द्वन्द्व, हिंसाको कथा

पिताम्बर हेर्दै गर्दा मैले बारम्बार वेदरिङ हाइट्सकी इम्याली ब्रोन्ट र शिरिषको फुलकी पारिजातलाई सम्झिरहेँ। महिला कृषा चौलागाईंले यो हदसम्मको हिंसात्मक दृष्यहरूको निर्देशन गरिन होला भनेर पत्याउन मलाई गार्हो परिरहेको थियोे। बाबुको टुङ्गो नभएको बालककी आमालाई बारम्बार गरिने अपमान र अनि हत्या, त्यसपछि शारीरिक यातना र मानसिक प्रताडनाबाट पाइलैपिच्छे गुज्रेको बालकले कसरी आफ्नो र आफ्नी आमाको अपमान, प्रताडना र हत्याको बदला लिन्छ? पिताम्बरको कथा यति नै हो। कथामा कुनै नयाँपन छैन, तर बदला लिने क्रममा देखाइएका हिंसाका दृष्यहरू यति क्रुर र भयानक छन् कि हरेक दृष्यमा आङ जिरिङ हुन्छ। चलचित्रको सुरुमै मञ्चमा भाषण गरिरहेको कुनै नेतालाई नायकले मञ्चमै उक्लेर घाँटी रेटेर हत्या गर्छ, त्यो दृष्य डिटेलमा देखाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जिब्रो छेंडेर मनाइने ‘बिस्का’ जात्रा : केही मिथक, केही सत्यांश

एउटा बोडेमा बिस्का जात्राको दिन मनाइन्छ भने अर्को थिमिमा पूर्णिमाका दिन मनाइन्छ। थिमिमा मनाइने जिब्रो छेड्ने जात्रासँग सम्बन्धित जात्राको इतिहासलाई खोतल्ने हो भने जिब्रो छेडिसकेपछि सियोलाई निकालेर बोडेको हकमा गणेश मन्दिरको दलिनमा गएर ठोक्ने गरिन्छ। थिमिको हकमा भने बालकुमारी मन्दिरको थाम र काठको स्टकचरमा लगेर ठोकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तीनकुने घटनाको मूल जिम्मेवार ज्ञानेन्द्र शाह

आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न। यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृब्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट– शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ?

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ईद मुवारक धवल ‘राजा’!

धर्म निरपेक्षता हटाएर हिन्दू धर्मको पूनर्स्थापनाको माग गर्ने नेपालगन्जका लोकल ’राजा’ धवलसमशेर राणा स्थानीयहरूसँग हरेक वर्ष ईद मनाउने गर्दथे। तर यो पटक ’लोकल राजा’ ईद मुवारक भन्न नेपालगन्जका गल्ली र घरहरूमा उपस्थित हुन नसक्ने भए। हाम्रो समाज जहाँ ठकुरी र राणा परिवारको वाहुल्यता भएको परिवेशमा राजा र महारानी सम्बोधन खुबै चल्छ। गृह जिल्ला बाँकेमा राणालाई कतिपय नेपालगन्जीयाहरूले ’राजा’ भनेरै सम्बोधन गर्छन्। त्यो उनको लोकप्रियताको बिम्वका रुपमा समेतलिइन्छ नेपालगन्जमा।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संविधानले बाँडिरहेको ‘उधारो’ अधिकार

प्रतिफल विनाको मेहनतले अपेक्षित उपलब्धि नदेखिएको हो। कर तिरेर सञ्चालन गरिएको राज्यका तर्फबाट अपनत्व अनुभुती गर्न नपाए पछि गुनासो चुलिएको हो। कानुनमा लेखिएका मौलिक हक दुर्गममा उधारो छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘फेरि रेशम फिलिली’- ‘कागजको टुक्राले दिने खुसी, तार, सपना र समाज’

यसका पछाडि हजारौं व्यक्तिहरूको सपनाको देश, स्वतन्त्रताको भेष अमेरिकाले लिने आप्रवासन, समलिंगी, आर्थिक सहायतासम्बन्धि नीतिहरू रहेका छन्। उता डोनाल्ड ट्रम्प पदासिन भएपश्चात यता (नेपाल)का हरेक छापाहरूमा सपनाको सहरबारे दिनहुँ समाचार आए। यसअघि पनि नआएका भने होइनन्।  समुन्द्रका कयौं माइलको जोखिमयुक्त यात्रा गर्दै, मेक्सिकोको बाटोबाट बिचौलियाहरूलाई घर खेत बेचेर अमरिका गएका कथाहरू ताजै छन्, बीचैमा डुंगा पल्टेर, बिचौलियाले अलपत्र बनाएका र कागज किर्ते गरी जान खोजेका र लान खोजेकाको कुरा भनि साध्य छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं