
अरे! जतिखेर पनि साथी ‘लोडसेडिङ’
अरे जतिखेर पनि साथी लोडसेडिङ दिनमा होश या सधैं राति लोडसेडिङ कि त कैले नआउनु कि त सधैं आउनुनी जनताको के लाग्छ र ताँती लोडसेडिङ अरे जतिखेर पनि साथी लोडसेडिङ

बिएल संवाददाता - झापा
अरे जतिखेर पनि साथी लोडसेडिङ दिनमा होश या सधैं राति लोडसेडिङ कि त कैले नआउनु कि त सधैं आउनुनी जनताको के लाग्छ र ताँती लोडसेडिङ अरे जतिखेर पनि साथी लोडसेडिङ
बिएल संवाददाता - झापा
निकै चर्चामा रहेका लेखक तथा साहित्यकार अमर अधिकारीले एकपछि अर्को कीर्तिमान कायम गर्दै आउँदा पछिल्लो समय सातौँ कीर्तिमान रच्न सफल भएका छन्। संघीय राजधानी काठमाडौं बाहिर दुईहप्ता रहँदा पनि उनका लेख-रचनाहरु निरन्तर प्रकाशन भइ नै रहे। ०८२ बैशाख १७ देखि जेठ २ गतेसम्म काठमाडौंमा नरहँदा अर्थात् रोल्पादेखि दाङसम्मका सामाजिक कार्यहरूमा व्यस्त रहँदा विभिन्न सञ्चार माध्यमहरूबाट उनका झण्डै एकदर्जन लेख-रचनाहरू प्रकाशन भएको पाइएको छ। यो उनको सातौँ कीर्तिमान हो। यसअघि उनले आधादर्जन कीर्तिमान रचिसकेका छन्। काठमाडौँबाट दाङ प्रस्थान गरेकै दिन उनले बैशाख १७ को नेपाल नागरिक आवाजमा मुक्तकहरू प्रकाशन भएको जानकारी पाए। १८ गते हाँस्यव्यङ्ग्य अनलाईन पत्रिका फित्कौलीमा व्यङ्ग्य लेख प्रकाशन भयो भने १९ गते सेतोपाटीमा एक संस्मरण लेख प्रकाशन भयो। त्यसैगरी बैशाख २१ गते फित्कौलीमा पुरस्कार सहित सम्मान प्राप्तिको समाचार आयो भने २३ गते कुटिरोडटकममा चेतनामूलक लेख प्रकाशन भयो।
बिएल संवाददाता - काठमाडौं
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर तथा पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा पाशुपत क्षेत्र वनकाली उद्यानमा नववर्ष विशेष ‘काव्य उत्सव’ कार्यक्रम सम्पन्न भएको छ। अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी तथा विशेष अतिथिको रूपमा अनेसासकी प्रथम महिला अध्यक्ष गीता खत्री र बेलायतबाट उपाध्यक्ष माया गुरुङ, जापानबाट गृष्मा पौडयाल, प्रा.डा. खगेन्द्र प्रसाद लुइटेलले विशेष मन्तव्य रहेको थियो। होमनाथ सुवेदी र गीता खत्रीलाई नेपाल च्याप्टरको निवर्तमान अध्यक्ष सन्ध्या पहाडीसमेतले सम्मानपत्र हस्तान्तरण गरेकी थिइन् भने निवर्तमान महासचिव ऋषभदेव घिमिरेले उक्त सम्मानपत्र वाचन गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
थाइल्याण्ड भ्रमणमा रहेका निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेले थाई नेपाली ‘आदर्श’ पुस्तकालयको अवलोकन गरेका छन्। थाई नेपाली संघ, बैंकक शाखा शिक्षा विभागद्वारा ‘सियेकवान्खेक’मा स्थापित आदर्श पुस्तकालयमा पुगी मदन पुरस्कार विजेता नयाँघरेले थाइल्याण्डको नेपाली समाज र युवा साहित्यप्रेमीसँग छोटो भलाकुसारी गरेका हुन्। थाइल्याण्डमा नेपाली पुस्तकालयको स्थापना गरी नेपाली ‘भाषा-साहित्य’मा रुचिकर प्रवासी नेपाली विद्यार्थीहरूलाई सहजरूपमा पुस्तक अध्ययन गर्ने सुविधा प्रदान गरेको भन्दै उनले प्रंशसा पनि गरे। पुस्तकालयको अवलोकन गर्न ‘सामाजिक भवन’ पुगेका नयाँघरेलाई साहित्य मन थाइल्याण्डका अध्यक्ष तथा थाई नेपाली संघ, बैंकक शाखा शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपानेले स्वागत गरेका थिए।
बिएल संवाददाता - बैंकक, थाइल्यान्ड
निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेसँग थाई नेपाली साहित्यप्रेमीहरूले बैंककमा साहित्यका विविध विधामाथि अन्तरसम्वाद गरेका छन्। ‘मदन पुरस्कार’ विजेता नयाँघरेको सम्मानमा आयोजित कार्यक्रममा प्रवासी नेपाली, थाई नेपाली र म्यान्माली नेपालीहरूले आ-आफ्ना रचना र विचार पनि प्रस्तुत गरेका छन्। साहित्यकार नयाँघरेले स्थानीय अनुभूति र विषयलाई सम्मान गरी लेखिएको साहित्य लोकप्रिय र स्वीकार्य हुने बताए। ‘म्यान्माली नेपाली साहित्यकारले थाइल्यान्ड बसाइँको अनुभव कलात्मक ढंगले निरन्तर सिर्जना गरिरहनु, राम्रो गर्दै जानू, यहीँ मेरो शुभकामना छ,’ उनले भने।
बिएल संवाददाता - बैंकक, थाइल्यान्ड
समयले त धेरै परीक्षा लिइसकेको थियो, त्यो क्षण एउटा परीक्षा विधाताले पनि लिँदै थियो। सायद मान्छेको जिन्दगी परीक्षा नै परीक्षाले भरिएको छ। सानो छँदा स्कुले परीक्षासँग निकै डर लाग्थ्यो। त्यो परीक्षा सानोमा सुनाइने दन्त्यकथाको दैत्यजस्तो डरलाग्दो लाग्थ्यो तर अहिले जिन्दगीले लिइरहेको परीक्षा कुनै भयानक दैत्यभन्दा कम थिएन। त्यो बेला तीन महिनाको एकचोटि आउने परीक्षालाई पनि कहिल्यै नआइदिए हुन्थ्यो जस्तो लाग्थ्यो। तर, अहिले म जिन्दगीको हरेक प्रहरमा नयाँ-नयाँ परीक्षा दिँदै थिएँ। समयले लिने यो परीक्षाले उफ् भन्ने मौकासमेत दिएको थिएन। कहिले साहस बटुलेर अगाडि बढ्छु कहिले निराश भएर आँसु झार्छु अनि कहिले जित्ने कल्पनाले खुसी हुन्छु।
बिएल संवाददाता - काठमाडौं
लेखक तथा साहित्यकार अमर अधिकारीको जीवनीमा आधारित पुस्तक लोकार्पण भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
उनका दैनिक ३।४ वटासम्म लेख-रचनाहरु प्रकाशन भएको पाइएको छ। अधिकारीले रोल्पाका सम्पदाहरु अन्तर्गत खानी, तीर्थस्थल, पर्यटनस्थल, रैथाने उत्पादन, इतिहास, भूगोलसम्बन्धी लेखहरु लेखेर रोल्पाको व्यापक प्रचार-प्रसार समेत गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
ओ पेङदोर्जे कविता संग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पहिचानकोलागि रगत पसिना साथै जीवन आहुती दिने तामाङ जाति र अन्य भूइँ मान्छेहरुले खेपेको शोषणको बारेमा बताएको छ। उनको कविताहरुले आफ्नो पहिचान रक्षार्थ आन्दोलन, विद्रोह बोलेका छन्।
बिएल संवाददाता - काठमाडौं
कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योती जंगल र लेखक दीप दर्पणले सामूहिक रुपमा कविता संग्रहको विमोचन गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
कस्तो देश हो मेरो कस्ता अफिस हुन हाकिमलाई हात्ती चाइने कर्मचारीलाई तरुनी पिउनलाई गाडी भाडा होटललाई बिल भुक्तानी म थकित भएँ सक्दिनँ तिमीलाई सबथोक पुर्याउन खल्ती खाली भयो अब बिन्ती छ, हजुर सक्दिनँ
बिएल संवाददाता - रुकुम (पश्चिम)
म तपाईंलाई के को संज्ञा दिऊ पुकार खाँदै स्वास्थ्य पढाउने शिक्षक कि सामाजिक पढाउने रक्सी खाँदै गाउँ-गाउँ मेलापात कराउने शिक्षक कि भेदभाव गर्ने एक शिक्षक
बिएल संवाददाता - सुर्खेत
तेरो नाङ्गो शरीर ढाक्ने तेरो पत्नीले लगाउने तिलहरी तैंले भात पकाएर खाने कसौंडी तेरो खुट्टालाई आकार दिने जुत्ता बनाउने तेरो शिरमा राष्ट्रभक्ति भर्ने, ढाका-टोपी बुन्ने त्यही कुजात फेसन डिजाइनर हुँ म
बिएल संवाददाता - रुकुम (पश्चिम)
फ्याँक्नेहरूले फोहोर, फोहोर भन्दैनन् चोरले कहिल्यै, हो म चोर भन्दैनन् ओतिने छानो भए भयो हामीलाई यिनीहरू बस्नलाई बाख्राको खोर भन्दैनन् थाहा छ एकछिन पछि हमला हुन्छ भन्ने घायल बाघलाई कसैले कमजोर भन्दैनन् बुझ्नेले बुझ्छ पेशा हो भनेर उस्को पशुहरू मार्ने सबैलाई कठोर भन्दैनन्।
बिएल संवाददाता - मोगोक, म्यान्मार
जिन्दगीमा माया हुन्न सधैं भरी एकदिन आफ्नै छाँया हुन्न सधैं भरी एकचाेटी पालाे आउँछ सबैकाे दैब पनि बाँया हुन्न सधैं भरी
बिएल संवाददाता - बैंकक, थाइल्यान्ड
नेपालमा प्रजातन्त्र ल्याउने पहिलो दोस्राे जनाअन्दोलन गर्ने जनयुद्ध ताका शाही सेनासँग लड्ने ती सबै के भेडा हुन्
बिएल संवाददाता - सुर्खेत
छुवाछूत मुक्त राष्ट्र घोषणाको १८ वर्ष तर, अझै किन मन्दिर प्रवेशमा निषेध? अझै किन पानीको धारा र कुवामा निषेध?
बिएल संवाददाता - काठमाडाैं
बजार करायो न्याय मर्यो शिक्षा विदेश गयो गाउँ रित्तियो शिक्षक नेता भयो सिरोहिया सल्बलायाे गणतन्त्र कमजोर भयो यस्तो गणतन्त्र किन चाहियो
बिएल संवाददाता - सुर्खेत
कुनै पनि आन्दोलनले वैचारिक मार्ग निर्माण गर्न सकेन भने प्राप्त उपलब्धिको विघटन निश्चित प्रायः हुन्छ। माक्र्सवादको वैज्ञानिक सान्दर्भिकताबाट अल्मलिएर उत्तरआधुनिकतावादको अवैज्ञानिक मान्यतामा प्रवेश गरेको नेपाली साहित्यको व्याख्या हो–‘माक्र्सवाद र उत्तरआधुनिकतावाद’।
बिएल संवाददाता - बाँके
१ .
२ .
३ .
४ .
५ .