
वृत्तचित्रमा ‘करबाकेली’ उज्यालो बनाउने लाहुरेको कथा
म्याग्दीको करबाकेली क्षेत्रको सामाजिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय विकासमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय समाजसेवी चामबहादुर पुनको जीवनीमा आधारित वृत्तचित्र निर्माण गरिएको छ। पत्रकार अमृत भादगाउँलेले निर्देशन गरेको वृत्तचित्र ‘चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर’ले जन्मथलोको मुहार फेर्न प्रेरणा दिन्छ। लाहुरे चामबहादुरले आफ्नो जन्मथलो अन्नपूर्ण गाउँपालिका-८, काफलडाँडाको विकासमा पुर्याएको योगदान अतुलनीय छ। काठमाडौंकोे विश्वज्योति सिनेप्लेक्समा मङ्गलबार वृत्तचित्र प्रदर्शन गरियो। प्रदर्शनीमा पर्यटन, सिनेमा, साहित्य, कला, सङ्गीत, समाजसेवा, पत्रकारिता र शिक्षा क्षेत्रका दर्शक खचाखच थिए। उनीहरूले ध्यानपूर्वक वृत्तचित्र अवलोकन गरे। वृत्तचित्रका निर्देशक भादगाउँले, नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, लेखक शेखर खरेल र चलचित्र निर्देशक रवि सायमीको उनको योगदानको खुलेर प्रशंसा गरे।

बिएल संवाददाता - काठमाडौं