आइतबार, २९ जुन २०२५

क्रिकेटर दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन्।  प्रहरी सहायक हवल्दार पदमा रहेका उनले राजीनमा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यू-१६ ‘इस्ट कप’- सिंगापुरविरुद्ध नेपालको सानदार जित

एसीसी मेन्स यू-१६ क्रिकेट ‘इस्ट कप’को पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको छ। आइतबार मलेसियामा भएको खेलमा सिंगापुरले नेपाललाई १ सय ३९ रनको सामान्य लक्ष्य दिएको थियो भने नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्‍यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली टोली स्कटल्यान्डबाट स्वदेश फर्किदैं

नेपाल सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एसीसी मेन्स यू–१६ इस्ट जोन कप खेल्ने नेपाली टोलीको बिदाइ

उनले भने,‘नेपाली यु–१६ पुरुष तर्फको टीम कोच र टीम म्यानेजरसँग समन्वय गरेर, अनुशासित भएर आफ्नो देश र माटोलाई सम्झेर उत्कृष्ट प्रर्दशन गर्नेछन् भन्ने विश्वासमा छु। अन्डर १६ टिम नेपालली क्रिकेटको भविश्य हो। नेपाली क्रिकेटलाई लामो समयसम्म नेतृत्व गर्ने हिसावले प्रर्दशन गर्नेछन् भन्ने आशा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेदरल्याण्ड्सविरुद्ध नेपालको सानदार जित

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतकाे खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ। स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० खेलमा बिहीबार राति नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिदेशीय टी-२० सिरिजः नेदरल्याण्ड्ससँग भिड्दै नेपाल

त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्सविरुद्ध उत्रिँदैछ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल सोमबार नेदरल्यान्ड्ससँग खेल्न लागेको हो। नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टी-२० त्रिदेशीय शृंखला आजदेखि, चोटका कारण नेपाल पर्किए सोमपाल र गुल्सन

आजदेखि त्रिदेशीय टी-२० क्रिकेट शृंखला सुरु हुँदैछ। स्कटल्यान्डमा हुने शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् भिड्दै छन्।   खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ। नेपालले आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालसँग पराजित नेदरल्याण्ड्स

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।  मंगलबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सलाई लगातार दोस्रो खेलमा १६ रनले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित

भीमले सार्कीले अर्धशतक  बनाउँदै ७३ रन बनाए। भीमले ८५ बलमा आठ चौका प्रहार गरे। सोमपालले कामीले ६७, दिपेन्द्र ऐरीले  ५६, आरिफ शेखले ३९, कुशल भुर्तेल र करण केसीले १७–१७ रन जोडे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

स्कटल्यान्डविरुद्ध ‘सनसनीपूर्ण’ जित निकालेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्यान्ड्स विरुद्ध खेल्दैछ। पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई हराको नेपाल बुधबार नेदरल्यान्ड्ससँग नेपाली समय अनुसार दिउँसो ३ : ४५ बजे खेल्दैछ। नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको त्रिदेशीय खेलमा नेपाल आज दोस्रो खेल खेल्दैछ। सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्कटल्याण्डविरुद्ध नेपालको ऐतिहासिक जित

आइसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ। स्कटल्याण्डले २ सय ९७ रनको लक्ष्य दिएकोमा नेपालले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गरी रोमाञ्चक जित हासिल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आईसीसी विश्वकप लिग-२ः स्कटल्याण्डविरुद्ध उत्रिदै नेपाल, सबै खेल जित्नैपर्ने दवाब

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले सोमबार स्कटल्याण्डविरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ देखि सुरु हुनेछ। नेपाली टोलीका लागि यो खेल केवल पुनरागमन मात्र होइन, तालिकामा सुधार गर्ने अवसर पनि हो। तीन सिरिजबाट जम्मा ६ अंक जोडेको नेपाल अहिले अंकतालिकाको आठौं स्थानमा छ। यसपटक चारवटै खेल जित्न सके नेपाल छैटौँ स्थानमा उक्लन सक्छ। तर, चुनौती भने सहज छैन। सिरिजअघिका दुई अभ्यास खेलको नतिजा हेर्दा नेपाली टोली अझै सानदार लयमा फर्किएको देखिँदैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रज्ञा स्मृती प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय खुला शारीरिक सुगठन’ प्रतियोगिता हुने

माओवादी अध्यक्ष प्रचण्डका स्वर्गीय सुपुत्र प्रकाश दाहाल र छोरी ज्ञानु दाहालको सम्झनामा प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिने भएको छ। शनिबार प्रतिष्ठानले काठमाडौमा पत्रकार सम्मेलन गर्दै नेपाल पुलिस क्लब भुटीमण्डपमा जेठ २४ गतेदेखि प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो। प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद विकास परिषद, बागमती हेटौंडाको सहयोग साथै नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो। प्रतिष्ठानकी अध्यक्ष गंगा दाहालले प्रतियो

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पञ्जाबलाई हराउँदै फाइनलमा पुग्यो आरसीबी

रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।  पहिलो क्वालिफायरमा पञ्जाव  किङ्सलाई ८ विकेटले पराजित गर्दै आरसीबी फाइनलमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वकै ठूलो ‘वन रन’ अन्तर्राष्ट्रिय हाफ म्याराथन सफलतापुर्वक सम्पन्न

‘वन रन’ अन्तर्राष्ट्रिय हाफ म्याराथन सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार आयोजना गरिएको दौड ललितपुरको पाटन दरबार कृष्ण मन्दिरबाट सुरु भएर मंगलबजार हुँदै पुलचोक, जावालाखेल (चिडियाखाना), एकान्तकुना, सातदोबाटो हुँदै बल्खु, कलंकी, सितापाइला हुँदै फेरि कृष्ण मन्दिरमै गएर अन्त्य भएको थियो। हाफ म्याराथन, १० किमी, ५ किमी र १ किमी विधाहरू समावेश गरिएको दौडमा हाफ म्याराथन पुरुषतर्फ नेपाल आर्मीका शुशीलकुमार शाहीले १ घण्टा ५ मिनेट ५८ सेकेन्डमा दौड पूरा गर्दै विजेता बने भने महिलातर्फ आर्मीकै निशा सार्कीले १ घण्टा २८ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै विजयी बनिन्। त्यस्तै हाफ म्याराथन मास्टर्स पुरुषतर्फ किरनसिंह बोगटी रजवार विजेता बने। त्यस्तै १० किमी खुल्ला पुरुषतर्फ सन्जय श्रेष्ठ, महिलातर्फ सन्तोषी श्रेष्ठ, १० किमी मास्टर्स पुरुषतर्फ मनिन महर्जन, ५ किमी खुल्ला पुरुषतर्फ रुपेश कार्की, महिलातर्फ आशा रावत विजयी बने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वकप ‘ग्लोबल छनोट’मा स्थान सुरक्षित गरेर फर्किँदै महिला राष्ट्रिय टोली

आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कंदै छ। नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो। नेपाली टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ जनाएको छ। नेपाल पहिलो  पटक महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो ।  एसिया क्षेत्र छनोटअन्तर्गत समूह सीमा बहराइनलाई २ पटक हराएको नेपाल हङकङसँग एक खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाल

महिला टी–२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ। आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आईपिएल आजदेखि पुन सुरु हुँदै

इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट आजदेखि पुन सुरु हुँदैछ। भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल आजबाट सुरु हुन लागेको हो । जारी आईपीएल मे ८ देखि रोकिएको थियो। आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल बैंगलुरुमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

साफ यु-१९ च्याम्पियनसिपः भारतसँग नेपालको ४-० को हार, बंगलादेशसँग शुक्रबार

साफ यु-१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित भएको छ। मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेतामा सीमित भयो। भारतले यसअघि श्रीलंकालाई ८-० ले हराएको थियो। आयोजक ६ अंक सहित समूह विजेता बन्न सफल रहयो। नेपालले यसअघि श्रीलंकालाई ५-० ले हराएको थियो। ३ अंक सहित नेपाल समूहको दोस्रोमा छ। अब सेमिफाइनलमा शुक्रबार भारतले समुह ‘ए’ को उपविजेता माल्दिभ्ससँग र नेपालले समुह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईपिएल आइतबारदेखि, विदेशी खेलाडीको अन्योल

पुन: सुरु हुने भए पनि विदेशी खेलाडीहरूको उपलब्धता अझै अन्योल छ। आईपिएल स्थगित भएपछि कतिपय खेलाडीहरू आफ्नो देश फर्किएका थिए।  यसैबीच अष्ट्रेलियन क्रिकेट बोर्ड (क्रिकेट अष्ट्रेलिया) ले खेलाडीहरूलाई भारत फर्कनु निजी निर्णय भएको बताएको छ र त्यसको समर्थन गर्ने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ