सोमबार, १६ जुन २०२५

त्रिदेशीय टी-२० सिरिजः नेदरल्याण्ड्ससँग भिड्दै नेपाल

News Image
• • •

त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्सविरुद्ध उत्रिँदैछ।

स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल सोमबार नेदरल्यान्ड्ससँग खेल्न लागेको हो। नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो।

टी-२० सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीय टोली घोषणा गरेको छ।

भरपर्दा अलराउण्डर सोमपाल कामी र गुलसन झा अभ्यासको क्रममा घाइते हुँदा यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?