.jpg)
कालिज फार्ममा पसेको चितुवा काठमाडौं लगियो
रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको एक कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको छ। सोमबार कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए। वडा कार्यालय नजिकै रहेको कालिज फार्मको जाली तोडेर सो चितुवा फार्म भित्र छिरेको थियो।

बिएल संवाददाता - रामेछाप