
इजरायलले गाजामा अत्याचार गरिरहेको जर्मनीको निष्कर्ष, कडा कदम चाल्ने चेतावनी
गाजामा अत्याचार गरिरहेको भन्दै जर्मनीका विदेशमन्त्रीले इजरायलविरुद्ध विशेष कदम चाल्ने चेतावनी दिएका छन्। विदेशमन्त्री जोहान वाडेफुलले प्रसारक डब्ल्यूडीआरलाई दिएको अन्तर्वार्तामा इजरायलको ठूला हवाई आक्रमणहरूका कारण खाद्यान्न तथा औषधिको अभावले गाजाको अवस्थालाई असह्य बनाएको भन्दै जर्मनीले इजरायललाई दिने ऐतिहासिक समर्थनलाई हतियारको रूपमा प्रयोग नगर्न चेतावनी दिएका हुन्। उनले गाजामा मानवीय कानुन उल्लंघन गर्न प्रयोग हुने हतियार निर्यात नगर्ने पनि बताए।

बिएल संवाददाता - काठमाडौं