शनिबार, १६ नोभेम्बर २०२४

डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता

नेपाली समयअनुसार गएराति भएको भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। बैठकपछि ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै अमेरिकामा शक्ति हस्तान्तरण व्यवस्थित र शान्तिपूर्ण हुने प्रष्ट पारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकामा मतगणना जारी: ट्रम्पको पल्ला भारी, रिपब्लिकन अगाडि

अमेरिकी आमचुनावको जारी मतगणनामा रिपब्लिकन पार्टीको पल्ला भारी हुँदैगएको छ । ब्याटल ग्राउण्ड मानिएको नर्थ क्यारोलाइनामा ट्रम्पको जीत प्रक्षेपण गरिएको छ भने बाँकि छ वटा ब्याटल ग्राउण्ड राज्यमा पनि उनले नैअग्रता बनाएका छन् ।सिनेट र कंग्रेसमा पनि रिपब्लिकन उम्मेद्वार नै अगाडि छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अमेरिकामा आमचुनाव: पूर्व र मध्यमा मतगणना, पश्चिममा मतदान जारी

अमेरिकाको पूर्वी र मध्यभागमा मतदान सकिएर मतगणना जारी छ भने पश्चिमी राज्यहरूमा अझै पन मतदान जारी छ। अहिलेसम्मको मतगणनामा २०२० को परिणामभन्दा फरक पर्ने गरी कुनै नाटकीय परिवर्तन देखिएको छैन। यो समाचार लेखिरहदासम्म विभिन्न सञ्चार माध्यमले केही राज्यहरूको सम्भावित जीतको प्रक्षेपण गरेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अमेरिकामा १० वर्षमा लुके ७,१४३ नेपाली !

विगत एक दशकमा अमेरिका आएका ७,१४३ नेपाली नेपाल नफर्केर अमेरिकामै लुकेको  पाइएको छ। अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार यो संख्या सन् २०१४ देखि २०२३ सम्मको हो।यो संख्यालाई औसतमा हेर्दा वितेका १० वर्षदेखि हरेक दिन दुईजना नेपाली अमेरिकामा लुकिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अमेरिकी चुनावमा नेपाली निर्णायक !

झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर तथ्य के हो भने यसपटकको अमेरिकी चुनावमा नेपाली मूलका मतदाता निर्णायक छन्। यसपटकको चुनावी इपिसेन्टर पेन्सेल्भेनिया राज्यमा हजारौं संख्यामा नेपाली मूलका मतदाता छन्, उनीहरूले जुन उम्मेद्वारलाई मतदान गर्छन्, जीत लगभग उसकै हुने अवस्था छ।तर, यी मतदाता अझै पनि पूरै खुलेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अमेरिकामा चुनावी तिहारको झिलिमिलि, ह्वाइट हाउसमा दीपावली

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि तिहारको झिलिमिलि आएको छ। राष्ट्रपति बाइडेनले पानसमा बत्ती बालेर दीपावली पर्वको उत्सव शुभारम्भ गरेका छन्। ह्वाइट हाउसको दीपावली कार्यक्रममा उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेद्वार कमला ह्यारिस पनि सहभागी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

ट्रम्पलाई जिताउन मस्कले हरेक दिन मतदातालाई १० लाख डलर दिने (भिडियाेसहित)

फेरि राष्ट्रपति बन्ने दौडमा लागेका ट्रम्पलाई जिताउनका लागि उनका समर्थकहरूले ‘अमेरिका पिएसी’ अभियान सुरु गरेका छन्। मस्कले यो अभियानमा हस्ताक्षर गर्ने मतदातामध्येबाट एकजनालाई यस्तो पुरस्कार दिने घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकामा एक दिन पहिलै दशैं टीका : जारी छ धन्धुकारी बितण्डा !

अमेरिकामा केही वर्षयता दशैको टीका नेपालभन्दा अघिल्लै दिन लगाउने वितण्डा सुरू गरिएको छ । यसपटक पनि त्यही वितण्डा मच्चाउँदै अक्टोबर २५ शुक्रबार नै अमेरिकाका विभिन्न छ स्थानका लागि छुट्टाछुट्टै समयमा दशैंको टीकाको शुभसाइत निकालिएको छ जबकि नेपालमा अक्टोबर २६ गते शनिबार विहान ११ बजेर ३६ मिनेटमा दशैंको टीकाको शुभसाइत छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अमेरिकामा ओली र आरजुको स्वागत कार्यक्रम नै रद्द !

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको सम्मानमा आइतबार न्युयोर्कमा आयोजना गरिने भनिएको  स्वागत तथा अन्तर्क्रिया कार्यक्रम रद्द भएको छ ।अमेरिकामा रहेका रास्वपा र पहिचानवादी संघसंगठनहरुले उनीहरूलाई कालो झण्डा देखाउने जनाएपछि सुरक्षाको कारण कार्यक्रम रद्द गरिएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

अमेरिकाका ३ राज्यमा अर्ली भोटिङ सुरू, पहिलो दिन नै उत्साहजनक मतदान

अमेरिकामा आगामी नोभेम्बर ५ मा हुने आमनिर्वाचन हुन ४५ दिन बाँकि छ । तर, अमेरिकाका तीन राज्य भर्जिनिया, मिनेसोटा र साउथ डकोटामा भने अर्ली भोटिङ सुरू भएको छ।अर्ली भोटिङको पहिलो दिन आज शुक्रबार नै मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

ट्रम्पको दोस्रोपटक हत्या प्रयास: ट्रम्प सकुशल, हत्या प्रयास गर्ने रूथ पक्राउ

अमेरिकी पूर्वराष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्प हत्या प्रयासबाट बचेका छन् । फ्लोरिडास्थित उनकै आफ्नो गल्फ ट्रम्प इन्टरनेशनल गल्फ क्लबमा गल्फ खेलिरहेका ट्रम्पमाथि एक व्यक्तिले एके ४७ राइफल ताकेर हत्या गर्ने प्रयास गरेको थियो ।हत्या प्रयास गर्ने व्यक्तिको परिचय रायन विल्सी रूथका रूपमा गराइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

डोनाल्ड ट्रम्पविरुद्धको गोप्य कागजात मुद्दा खारेज

जर्जियाका फुल्टन काउन्टीका न्यायाधीश स्कट म्याकफीले बिहीबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगीहरू विरुद्धका दुई आपराधिक मुद्दा खारेज गरेका छन्। यी मुद्दाहरू २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप र नक्कली कागजात दायर गर्ने आरोपसँग सम्बन्धित थिए। न्यायाधीश म्याकफीले स्पष्ट गरे कि राज्य अभियोजकहरूको नक्कली कागजात दायर गर्ने आरोप लगाउने अधिकार छैन। यस सम्बन्धमा उठेका मुद्दा संघीय अदालतमा दायर गरिएको कागजातसँग जोडिएका थिए, जुन संघीय प्रक्रिया अन्तर्गत आएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - जर्जिया

अमेरिकास्थित जर्जियाको विद्यालयमा गोली चल्दा २ शिक्षक र २ विद्यार्थी मारिए

अमेरिकाको जर्जियास्थित एउटा उच्च माध्यमिक विद्यालयमा गाेली चल्दा कम्तीमा ४ जना मारिएका छन्। एटलान्टा शहरबाट ७० किलोमिटर टाढा रहेको विन्डरस्थित अपलाची उच्च माध्यमिक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २ शिक्षक र २ विद्यार्थीको मृत्यु भएकाे छ। र, ३० भन्दा बढी शिक्षक–विद्यार्थी घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जनाएका छन्। घटना नेपाली समयअनुसार बुधबार राति लगभग ८ बजेतिरको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जर्जिया

अमेरिकाले कब्जामा लियो भेनेजुएलाका राष्ट्रपति मदुरोको विमान

अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा कमला-टिमको 'गधा' र ट्रम्प-भान्सको 'हात्ती' आम्नेसाम्ने

अमेरिकामा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेद्वार कमला ह्यारिसले आफ्नो उपराष्ट्रपतिमा मिनेसोटा राज्यका गभर्नर टिम वाल्जको उम्मेद्वारी घोषणा गरेसँगै अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति उम्मेद्वारको समीकरण पूरा भएको छ । अब डेमोक्रेटिक पार्टीको कमला ह्यारिस- टिम वाल्जको 'गधा' र रिपब्लिकन पार्टीको डोनल्ड ट्रम्प- जेडी भान्सको 'हात्ती' आम्नेसाम्ने हुनेछन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

६ महिनामा ६,३०४ नेपालीलाई अमेरिकी विद्यार्थी भिसा

अमेरिकाले यो वर्षको पहिलो ६ महिनामा ६,३०४ नेपाली विद्यार्थीलाई विद्यार्थी भिसा दिएको छ । जुन महिनामा मात्र १७०० नेपाली विद्यार्थीलाई विद्यार्थी भिसा दिएपछि यो संख्या ह्वात्तै बढेको हो । जुन महिनामा दिइएको विद्यार्थी भिसाको संख्या पछिल्लो १० वर्षमा एकै महिना नेपाली विद्यार्थीलाई दिएको सबैभन्दा ठूलो संख्या हो ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

कमला ह्यारिस औपचारिक रूपमा डेमोक्रेटिक उम्मेदवार चयन

शुक्रबार उम्मेदवार छनोटका लागि भएको मतदानमा उनले सफलता पाएसँगै नोभेम्बर ५ मा हुने आमचुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्ने छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

'तल्लो बाटो'बाट ६ महिनामै अमेरिका आइपुगे २,१७० नेपाली !

पछिल्लो ६ महिनामा मात्र २,१७० नेपाली 'तल्लो बाटो'बाट अवैध किसिमले अमेरिका पसेका छन्।डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पछिल्लो प्रतिवेदनमा यो तथ्याङ्क सार्वजनिक भएको छ।यसरी आउने नेपालीहरूले मानव तस्करहरूलाई कम्तिमा पनि ५० लाख देखि ८० लाखसम्म तिर्ने गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता -

अमेरिकी राष्ट्रपतिको चर्चामा रहेकी ‘कमला ह्यारिस’ को हुन्?

ह्यारिसको राष्ट्रपतिको बोली सुरु भएको एक वर्ष भन्दा कम समय पछि समाप्त भयो। तर कमला ह्यारिसलाई आफ्नो रनिङ मेट ‘उपराष्ट्रपतिको उम्मेदवार’को रूपमा छानेर जो बाइडेनले उनलाई फेरि अमेरिकी राजनीतिको अगाडि ल्याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बाइडेनद्वारा राष्ट्रका नाममा सम्बोधन

सम्बोधनका क्रममा बाइडेनले जनतालाई आफ्नो निर्णयबारे जानकारी गराउँदै नयाँ पुस्तालाई अघि बढाउन अपिल गरे। राष्ट्रपति बाइडेनले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान उपराष्ट्रपति तथा राष्ट्रपतिकी नयाँ उम्मेदवार कमला ह्यारिसलाई समर्थन गर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं