सोमबार, २८ अप्रिल २०२५

शिक्षा मन्त्रालय खारेज गर्ने ट्रम्पको निर्णय, मागे शिक्षामन्त्रीको राजीनामा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

photo–agency
• • •

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

बिहीबार ह्वाइट हाउसमा उनले वरिपरि विद्यार्थीहरूलाई राखेर शिक्षा मन्त्रालय  खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

शिक्षा मन्त्रालयले पैसा मात्रै धेरै खर्च गरेको तर परिणाम चित्तबुझ्दो नभएकाले यसलाई राखिरहन उचित नहुने बताउँदै ट्रम्पले खारेजीको प्रक्रिया अगाडि बढाउन शिक्षा मन्त्री लिन्डा मिकमेहनलाई निर्देशन थिए।

त्यसैगरी ट्रम्पले मन्त्री मिकमेहनलाई पनि राजीनामा दिन निर्देशन दिएका थिए। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?