सोमबार, ३० जुन २०२५

महिला फुटबलमा कप्तान साम्बाको जादु, लाओसको पोस्टमा नेपालको ९ गोल

तस्बिरः एन्फा
• • •

उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल लाओसलाई ९-० को गोल अन्तरले पराजित गरेको छ।

नेपाली महिला टोलीमा कप्तानको रुपमा डेब्यु गरेकी साम्बाले पहिलो खेलमै पाँच गोल गरेकी हुन्। जितसँगै कप्तानमा साम्बाको सानदार सुरुवात भएको छ। यस्तै सरु लिम्बु, अनिता बस्नेत, रश्मीकुमार घिसिङ र अनिता केसीले एक-एक गोल गरे।

नेपाल छनोटमा समूह ‘एफ’ मा छ। उक्त समूहमा आयोजक उज्वेकिस्तान, श्रीलंका र लाओस छन्।

नेपालले दोस्रो खेलमा असार १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ।

समूहको शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?