
बिएल संवाददाता
काठमाडौं
विशेष अदालतले कांग्रेस नेता एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश गरेको छ।
आइतबार न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा थुनछेक बहसपछि बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो।
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन उनी आइतबार अदालतमा उपस्थित भएका थिए।
अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि बस्ने सांसद पदबाट निलम्बनमा परेका थिए।