आइतबार, २९ जुन २०२५

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सोहि मूल्यमा सुनको कारोबार भएको थियो।

यसैबीच सोमबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। 

यसअघि आइतबार तोलामा २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार भने २ हजार १७० रुपैयाँ तोला कायम भएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?