आइतबार, २९ जुन २०२५

पाँच सय बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ५ सयले बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ पुगेकाे हाे। 

यस्तै आइतबार छापावाल सुन प्रति १० ग्राम १ लाख ६७ हजार ३५५ रुपैयाँ कायम भएको छ। 

यसैगरी चाँदीको मूल्य पनि बढेर तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?