सोमबार, २८ अप्रिल २०२५

डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणा

News Image
• • •

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन र पेरिस पेरिस जलवायु सम्झौताबाट अलग गर्ने आदेश जारी गरेका छन्।

यी संगठनमा बसेर अमेरिकाले अन्य देशले भन्दा धेरै ठूलो मूल्य चुकाएको ट्रम्पले दाबी गरेका छन्।

कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले यो निर्णय अमेरिकाको पक्षमा रहेको पनि दाबी गरेका छन्।

यद्यपि यो उनको पहिलो निर्णय होइन्। आफ्नो पहिलो कार्यकालमा पनि उनले अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गरेका थिए। उनीपछिका राष्ट्रपति जो बाइडेनले फेरि अमेरिकालाई संगठनमा फर्काएका थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?